मोरङ । बिराटनगर महानगरपालिका ७ स्थितबाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको छ । पक्राउ पर्नेमा बिरानगर १९ का ४६ बर्षिय विनोद राय, बिरानगर ५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर(१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












