Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मानव अधिकारका सवालमा संचारकर्मीसँग अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १३, २०७८
in समाचार, स्थानीय समाचार
मानव अधिकारका सवालमा संचारकर्मीसँग अन्तरक्रिया
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इटहरीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा मानव अधिकारका सवालमा संचारकर्मीसंग छलफल कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले देशभरको पत्रकारको सुरक्षा तथा धम्की आक्रमणको घटनाको बारेमा चर्चा गर्दै पत्रकारको पेशागत सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताए । केन्द्रीय सदस्य खड्काले पत्रकारको पेशागत र भौतिक सुरक्षा प्रति नेपाल पत्रकार महासंघ गम्भिर रहेको बताउँदै आफनो दायित्व र जिम्मेवारी बहन गर्न संचारकर्मीहरुलाई अनुरोध गरे । महासंघ केन्द्रीय कार्यसमितिले दोश्रो चरणको कोरोना कहरमा संचारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै मानव अधिकार हनन नहुने गरी काम गरेको उनले बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लिलाबल्भ घिमिरेले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षाको राज्यले ग्यारेण्टी गर्नुपर्ने बताए । घिमिरेले पत्रकारहरुको काम समाचार लेख्ने र सूचना प्रवाह गर्ने भएको बताउँदै उनले संचारकर्मीहरु पार्टीको झोला बोक्न थालेकोले समुदायहरुको विश्वास पत्रकारहरुप्रति घटेको जान थालेको बताए ।

पार्टीगत पत्रकारीताले सर्वसाधारणहरुको मन जित्न नसक्ने उनले बताउँदै पत्रकारहरुले पार्टीको झोला बोक्न छाड्नु पर्ने र मालिक पत्रकारिताको हाबी हुन थालेकोप्रति चिन्ता र चासो बढेर गएको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरले मानव अधिकारको क्षेत्रमा संचारकर्मीहरुलाई तालिम प्रदान गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

त्यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश–१ का संयोजक सोमराज थापाले मानव अधिकार रक्षकहरुले सरकारको विरोधी नभएर सहयोगीको रुपमा काम गर्ने हुदाँ मानव अधिकार रक्षकको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका प्रदेश–१ का सचिव सन्तोश यादवले सबै पत्रकार मानव अधिकार रकक्ष भएको बताउँदै पत्रकारले पेशाप्रति इमान्दारिताका साथ काम गर्न सुझाएका थिए । आफनो दायित्व र जिम्मेवारीमा रहेर काम गरे कुनै किसिमको धम्की खेप्नु नपर्ने उनले बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासंघ मोरगंका अध्यक्ष संजीव खनाले, महासंघ प्रदेश–१ सदस्य पीवी दियाली, श्रीलंकाटाप्पुबासी प्रकाश चन्द्रवशी, पत्रकार सुवद्रा प्याकुरेल, पत्रकार विकल पौडेल लगायतकाले मानव अधिकार सम्वन्धीका सवालका बारेमा बोलेका थिए ।

इन्सेक प्रदेश कार्यालयका प्रलेश अधिकृत पुण्य अधिकारीले प्रदेश १ को मानव अधिकारको अवस्था र तथ्यांक प्रस्तुत गरेका थिए । प्रदेश १ को १४ जिल्लामा ९७३ वटा मानव अधिकार हनन तथा उल्लघंन भएको उनले प्रस्तुत प्रतिवेदनमा उल्लेख भएको छ । कार्यक्रमको संचालन इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा जिल्लाभरीका ४५ बढी पत्रकारको सहभागीता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

सुनसरीको लौकहीबाट हतियार सहित दुई भारतीय युवा पक्राउ

Next Post

इनरुवा कांग्रेसको कोषाध्यक्षमा सरला बस्नेत

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
समानुपातिक तर्फको सदस्य पदको नतिजा सार्वजनिक

इनरुवा कांग्रेसको कोषाध्यक्षमा सरला बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In