Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गठवन्धनबाट प्रदेश–१ मा राष्ट्रिय सभाका लागि तीन जना उम्मेदवार

उम्मेदवारहरुलाई जिताउने अभियानमा गठवन्धन सक्रिय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गठवन्धनबाट प्रदेश–१ मा राष्ट्रिय सभाका लागि तीन जना उम्मेदवार
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राष्ट्रिय सभाका लागि माघ १२ गते हुने निर्वाचनमा प्रदेश–१ का गठवन्धनबाट तीन जना उम्मेदवार तय भएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा गठवन्धनका तीन जना उम्मेदवारहरु मत माग्न र आफुहरुलाई जिताउनका लागि सोमवार इनरुवा आइपुगेको थियो ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजना गरिएको भेटघाट कार्यक्रम तथा चुनावी अभियानलाई लक्षित गर्दै राष्ट्रिय सभाका लागि प्रदेश–१ बाट तीन जना उम्मेदवाहरुसँगै गठवन्धनका नेताहरुबीच छलफल भएको छ ।
राष्ट्रिय सभाका लागि माघ १२ गते हुने निर्वाचनमा प्रदेश–१ बाट नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीको तर्फबाट जयन्ती राई र जनता समाजवादी पार्टीको तर्फबाट हेमराज राई उम्मेदवार बनेका हुन् ।

गठवन्धनका तीन जना उम्मेदवारहरुलाई जिताउनका लागि चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
नेपाली कांग्रेस प्रदेश–१ का सभापति उद्दव थापाले भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुmलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

सभापति थापाले १४ वटै जिल्लाका संयन्त्रले गठवन्धनका तीन जना उम्मेदवारहरुलाई अत्यधिक मतले जिताउन आवश्यक रहेको बताएका हुन् । गठवन्धनका तीन जना उम्मेदवारहरुलाई जिताउने अभिभारा आएकोले आ–आफनो ठाउँबाट चुनावी अभियानलाई तिब्रता दिई एकजुट भएर लाग्नुपर्ने उनले बताए । उनीहरुलाई जिताउने अभियान अन्तर्गत सुनसरीको इनरुवा आइपुगेको समेत उनको कथन थियो ।

त्यसैगरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले गठवन्धनलाई मजबुत पार्दै मतभारलाई सुरक्षित गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय सभाका लागि गठवन्धनबाट १९ वटा सिटमा जिताउने रणनीति तय गरेर आगाडी बढ्नुपर्ने समेत उनले बताए । अन्तिम वर्ष भएकोले गठवन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको र यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उनको कथन थियो ।

त्यसैगरि नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य महेश रेग्मीले लोकतन्त्र रक्षाका लागि गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । राष्ट्रिय सभाका लागि माघ १२ गते हुने निर्वाचनमा गठवन्धनबाट तीन जना उम्मेदवार बिजयी भइसकेको अवस्था हुदाँ पनि निर्वाचनसम्म गठवन्धनले सक्रियताका साथ चुनावी अभियानलाई तिव्रता दिनुपर्ने बताए । नेकपा एमालेका नेताहरुले गठवन्धनलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको बेला पाँच दलिय गठवन्धनका नेताहरुले एकजुट भएर लोकतन्त्र रक्षाका लागि उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको उनले बताए ।

त्यसैगरि जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेका नेताहरुले हुरी बतास ल्याउने तयारी गरेको बेला गठवन्धन सक्रिय हुनुपर्ने बताए । नेता राईले नेकपा एमालेसँग बिचार नरहेको र गठवन्धनसँग मात्र बिचारको राजनीति रहेकोले लोभलालचमा नपर्न मतदाताहरुलाई अनुरोध समेत गरेका छन् । माघ १२ गतेसम्म गठवन्धनका नेता तथा मतदाताहरुले उम्मेदवारहरुलाई साथ, सहयोग र समर्थन गरि बिजयी बनाउन सबै लाग्नुपर्ने उनले बताए । अहोरात्र खटेर पाँच दलिय गठवन्धनबाट प्रदेश–१ का तीन जना उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी आएकोले आ–आफनो ठाउँबाट सहयोग गर्न उनले अनुरोध गरे ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । नेपाली कांग्रेस सुनसरीका सचिव बीरेन्द्र कुमार साहले कार्यक्रम संचालन गरेका थिए । सामाजिक दुरी कायम गरि सो कार्यक्रम सम्पन्न भएको थियो ।

पाँच दलिय गठवन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुको सहभागिता रहेको थियो भने पालिकाहरुको प्रमुख र उपप्रमुखहरुको समेत उपस्थिती रहेको सुनसरी कांग्रेसका सचिव साहले जानकारी दिएका छन् ।

Share18Tweet12SendScan
Previous Post

एक सय केजी गाँजासहित ३ भारतीय नागरिक सुनसरीमा पक्राउ

Next Post

हरिनगर –६ घुस्कीका २० परिवारलाई पक्की घर हस्तान्तरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगर –६ घुस्कीका २० परिवारलाई पक्की घर हस्तान्तरण

हरिनगर –६ घुस्कीका २० परिवारलाई पक्की घर हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In