Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मान्छेलाई भगवान नबनाउनुस् , गलत गरेको छ भने लेख्ने आँट गर्नुस् : सभापति भण्डारी

नेपाली कांग्रेस सुनसरीसँग प्रेस युनियन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मान्छेलाई भगवान नबनाउनुस् , गलत गरेको छ भने लेख्ने आँट गर्नुस् : सभापति भण्डारी
98
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले पत्रकारहरुले कसैलाई पनि भगवान बनाउन नहुने बताएका छन् । नेपाली कांग्रेस सुनसरीको आयोजना गरेको संवाद कार्यक्रमलाई सभापति भण्डारीले सम्वोधन गर्दै त्यसो बताएका हुन् ।

नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको संवाद कार्यक्रमलाई समवोधन गर्दै उनले प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले कांग्रेसका नेताहरुले गलत गरेको कार्यलाई पनि लेख्न आँट गर्नुपर्ने बताए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले कांग्रेसका बारेमा गलत कार्यलाई बाहिर ल्याउनका लागि कलम चलाउनुपर्ने उनले बताए ।

नेपाल प्रेस युनियनसँगको संवाद कार्यक्रममा अध्यक्ष समेत रहेका सभापति भण्डारीले कांग्रेसलाई बलियो बनाउन र सुदृढिकरण गर्नका लागि पत्रकारहरुको पनि भुमिका रहेकोले गलतलाई गलत भन्ने आँट गर्नुपर्ने बताए ।

कांग्रेसको बारेमा गलत समाचार नलेख्नुस् उनले भने, ‘गलत गरेको छ भने समाचार निर्धक्क भएर लेख्नुस् । नेपाली कांग्रेस र नेपाल प्रेस युनियनबाट कुनै दबाव आउने छैन् । कांग्रेसका नेता तथा जनप्रतिनिधिहरुले गलत कार्य गरेको प्रमाण सहित सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्छ ।’

नेपाली कांग्रेसले सुनसरीमा ९ वटा स्थानीय तह जितेको भएपनि नेपाल प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले केही नपाएको उनले बताए । नेपाल प्रेस युनियन आवद्ध रहेका पत्रकारहरुमाथि अन्याय भएको समेत उनले स्वीकार गरेका छन् ।

साचो समाचार लेख्नुस् उनले भने, ‘गलत समाचार नलेख्नुस् ।  सबैको बारेमा समाचार लेख्नुस् तर गलत समाचार लेख्ने प्रयास नगर्नुस । युनियन आवद्ध रहेका पत्रकारहरुलाई साचो कुरामा कसैसँग नडराईकन निर्धक्क भएर समाचार सम्प्रेषण गर्नुस ।’

नेपाली कांग्रेस सुनसरीको गतिविधिलाई आ–आफना संचारमाध्यमबाट सकारात्मक÷ नकारात्मक कुरालाई समेत बाहिर ल्याईदिन पत्रकारहरुलाई उनले अनुरोध गरेका थिए । समयमै सचेत गराउनका लागि संचारकर्मीहरुले पनि भुमिका निर्वाह गर्नुपर्ने उनको कथन छ ।

कसैको चाकडी नगरी तथ्य र सत्य कुरामा बढी जोड दिई समाचार लेख्नुपर्ने उनले बताउँदै पार्टी बनाउने हिसावमा आफु नेतृत्वमा आएकोले समयमै सुझाव सल्लाह दिनुपर्ने समेत बताए । पत्रकारहरुले पनि सचेत गराउने दायित्व भएकोले आगामी दिनमा कलम चलाएर पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सजग बनाउनुपर्नेमा उनले जोड दिएका थिए । राम्रो काम गर्ने मान्छेको प्रचार प्रसार र प्रशंसा गर्ने परिपाटीको विकास हुनुपर्ने समेत उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको आगामी अधिवेशनमा नेपाल प्रेस युनियन सुनसरीका योग्य दक्ष र अनुभव भएका पत्रकारलाई नेतृत्व सुम्पिनका लागि नेपाली कांग्रेस सुनसरी तयार रहेको समेत उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति पंकज महतोले नेपाल प्रेस युनियनका नगर संयोजकहरुले पालिकाका स्तरका गतिविधीहरु सहित स्थानीय तहमा कसको प्रभाव कतिको छ भन्ने कुराको सर्वे गरिदिनका लागि अनुरोध गरेका थिए । युनियन आवद्धका पत्रकारहरुले पनि आफनो धर्म निर्वाह गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्दै नेपाली कांग्रेसले एक्सन सुरु गरेको उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले युनियन आवद्ध पत्रकारहरुसँग भेटघाट तथा परिचात्मक कार्यक्रमले आगामी दिनमा कांग्रेस र युनियनको सम्वन्ध मजबुत हुनका लागि संवाद कार्यक्रमको आयोजना गरेको बताए । नेपाली कांग्रेस सुनसरीले तीन महिने बुलेटिङ्ग पत्रिका प्रकाशन गर्ने तयारी रहेकोले युनियनमा आवद्धमा रहेका पत्रकारहरुले सहजीकरण गर्न पनि उनले अनुरोध गरे ।

कार्यक्रममा पुर्व राज्यमन्त्री तथा संघीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरे, कांग्रेस सुनसरीका सदस्यहरु कृष्ण प्रसाद मेहता, बालसुधार परियार, कृष्णप्रसाद देव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, कोशी संयोजक कृष्ण प्रसाद जुनेली , नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, उपाध्यक्ष संजिव वाग्ले सचिव विवेक भट्टराई, इनरुवा संयोजक टोमराज मेहता, बराहक्षेत्र संयोजक संगम विष्ट, रामधुनी संयोजक विनोद आचार्य, इटहरी संयोजक बिनय बाह्कोटी लगायतकाले कांग्रेस र युनियनबीचको सम्वन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

Share39Tweet25SendScan
Previous Post

किराना वस्तुगत संघमा कैलाश

Next Post

नेकपा एमालेको विरोध प्रदर्शन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेकपा एमालेको विरोध प्रदर्शन

नेकपा एमालेको विरोध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In