Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जनाले पाए सेवा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जनाले पाए सेवा
75
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा निःशुल्क आँखा तथा कान शिविर बिहीवार सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको निःशुल्क आँखा तथा कान शिविरमा सुनसरीका संचारकर्मी तथा उनीहरूका परिवारले सेवा पाएका थिए ।

निःशुल्क आँखा तथा कान शिविरमा १ सय ४० जना लाभान्वित भएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । ‘प्रत्यक्ष रूपमा आँखा र कानले धेरै महत्वपूर्ण काम गर्ने भएकाले यो शिविर आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘पत्रकार र उनीहरूका परिवारको निःशुल्क शिविर राखिएको हो ।’

उनका अनुसार विश्व श्रवण दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । परीक्षणमा समस्या भएकालाई निःशुल्क चस्मा तथा औषधि वितरण समेत गरिएको थियो । पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले युनियले पत्रकारहरूका लागि यस्ता किसिमका शिविर आयोजना गर्नु सराहनीय रहेको तर्क राखे ।

‘पत्रकारहरूलाई नै लक्षित गरेर यस्ता किसिमका शिविर आयोजना गर्नु अतुलनीय काम हो,’ सुब्बाले भने, ‘विराटनगरको रानीमा रहेको आँखा अस्पताल भएकै कारण म धरानबाट इटहरी आएको हुँ, यो सकारात्मक काम हो ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष गिरीराज आचार्य, कृष्णविनोद लम्साल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले उक्त कार्यक्रमको आयोजना गर्नु उदाहरणीय कार्य रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका कुमार प्रितुले विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए ।

उनले भने, ‘हामीकहाँ विभिन्न बाहिरी देशबाट जाँचका लागि आउनुहुन्छ, तर शिविरकै रूपमा भने पहिलोपटक सञ्चारकर्मीहरूको शिविर राखिएको हो ।’ उनका अनुसार सञ्चारकर्मीहरूले धेरैजसो समय कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता प्रविधिमा समय दिने भएकाले यसले दीर्घकालीन असर समेत पर्ने भएकाले वर्षमा एकपटक आँखा तथा कान जाँच गराउन आवश्यक रहेको बताए ।

प्रेस युनियन सुनसरीले यसअघि कोरोना महामारीमा जिल्लाका सञ्चारकर्मीहरूको कोरोना बीमा, दुर्घटना बीमा, फुड बैँक सञ्चालन जस्ता कार्यक्रमको आयोजना गरिसकिएको युनियन सुनसरीका सचिव विवेक भट्टराईले बताए । उनका अनुसार केही साता अगाडि मात्रै यहाँका क्रियाशिल फोटो पत्रकारहरूलाई फोटोग्राफी सम्बन्धि तालिम समेत सञ्चालन गरिएको छ ।

Share30Tweet19SendScan
Previous Post

इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर हुने

Next Post

इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर सम्पन्न

इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In