इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको ३ दिने उद्घोषण सम्बन्धी तालिमको बुधबार समापन गरिएको छ । समाज विकास केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ४ को आयोजना तथा प्रदेश सभा क्षेत्रिय विकास कोष सुनसरी क्षेत्र नम्बर ४ (ख) को सहयोगमा यूवाहरुलाई लक्षित कार्यक्रम अन्तर्गत भएको ३ दिने उदघोषण तालिममा उद्घोषण सहित क्षमता विकास, नेतृत्व विकास सम्वन्धि जानकारी दिएको थियो ।
यूवाहरुहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा भोक्राहा नरसिंहका ६० जना यूवाहरुको सहभागिता रहेको समाज विकास केन्द्रका अध्यक्ष सेराज हुसेनले जानकारी दिनुभयो । प्रशिक्षक धिरज भट्टराईले उदघोषण, उ उद्घोषण गर्ने तरिका र तयारीका बारेमा प्रशिक्षण दिनुभयो । त्यसैगरी सहायक प्रशिक्षकहरु रामकुमार यादव र रोशन कुमार मण्डलले समेत सहजीकरण गरेका थिए ।
सेराज हुुसेनको अध्यक्षता तथा प्रदेश सभा सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासद मो. ताहिर अन्सारीको प्रमुख आतित्थ्यता तथा वडा अध्यक्ष हारुन अंसारी, प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहता, कोशीका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, पत्रकार जयकृष्ण यादव, दिपेन्द्र यादव, टोमराज मेहता, नसिम अंसारी, सुरेन्द्र मेहता, गणेश यादव, प्रदेश सभा क्षेत्रिय विकास कोष सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासदका प्रतिनिधि एवम भोक्राहा नरसिंह गाउँपालिका काग्रेंस सभापती युवराज दाहालको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके मात्र जिवनमा परिवर्तन आउने बताएका थिए । सो अवसरमा सहभागि युवाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । नमिता मण्डलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन ईं. इमरानले गरेका थिए । यसैबीच आयोजकले भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र सुनसरी क्षेत्र नम्बर ४ (ख) का सासद ताहिर अंसारीलाई सम्मान गरेको छ ।

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












