हरिनगर । जनसेवा मिडिया प्रालि इनरुवा–२ का अध्यक्ष अख्तर हुसेनले हरिनगर–६ घुस्कीका ४ सय ६३ परिवारलाई लताकपडा वितरण गरेका छन् । हरिनगर–६ निवासी हुसेनले अति विपन्न र गरिब परिवारलाई बुधवार आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरेर लताकपडा वितरण गरेका हुन् ।
हरिनगर–६ अर्नामाका गरिव तथा अति विपन्न परिवारको तथ्यांक संकलन गरेर उनीहरुलाई लता कपडा वितरण गरिएको हो । जनसेवा मिडिया प्रालिका अध्यक्ष हुसेन आफनै गाउँबासीलाई सहयोग गर्ने उद्धे्रश्यले ४ सय ६३ परिवारलाई लताकपडा वितरण गरिएको उनले जनाएको छ ।
जनसेवा मिडिया प्रालिका अध्यक्ष हुसेनले प्रत्येक वर्ष झै यस वर्ष पनि रामजान पर्वको अवसरमा गरिव तथा अति विपन्न परिवारहरुलाई लता कपडा वितरण गरिएको बताएका छन् । अध्यक्ष हुसेनले मुस्लिम धर्मावलम्बीहरुको महान चाड रामजानमा एक वर्षमा कमाएको रमकबाट केही रकम गरिव तथा अतिविपन्न परिवारलाई सहयोग गर्नुपर्ने भएकाले सो रकम बराबर लता कपडा वितरण गरिएको उनले बताए । समाज सेवाको भावनाले आफुले गरिव परिवारमा कपडा वितरण गरिएको उनको कथन छ ।
त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. खालिद हुसेनले हरिनगर–६ घुस्कीका गरिव तथा अति विपन्न परिवारलाई लता कपडा वितरण गरेकाले उदाहरीण काम गरेको बताए । गरिव तथा अति विपन्न परिवारलाई कपडा वितरणले उनीहरुको घरमा खुशी छाएको समेत उनले बताए । हरिनगर–६ घुस्की अर्नामाका ४ सय ६३ परिवारलाई सर्ट,पेन्ट र कुर्ता सलवार वितरण गरिएको छ । उनीहरुले कपडा पाएपछि खुशी भएका छन् । रामजानको पर्वको अवसरमा नयाँ कपडा वितरण गरेकोले रामजान पर्व मनाउन उनीहरुलाई सहज भएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वे, जसपाका केन्द्रीय सदस्य डा.खालिद हुसेन र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद लगायतको सय भन्दा बढीको सहभागिता रहेको थियो ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...