इनरुवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाका सभापतिमा पुनः रामप्रसाद मेहता चयन भएका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाका सभापतिमा रामप्रसाद मेहता सर्वसम्मतबाट चयन भएका हुन् । मेहताको सभापतित्वमा ११ सदस्यीय समिति सर्वसम्मतबाट चयन भएका हुन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाका उपसभापतिमा कानुन अधिकारी, सचिव योगेन्द्र प्रसाद मेहता, उपसचिव कुन्दन मेहता, कोषाध्यक्ष कुमार ओझा, उपकोषाध्यक्ष बिन्दु कुमारी पन्त बराल सर्वसम्मतबाट चयन भएका हुन् । त्यसैगरी महिला सदस्यमा विना परियार र सदस्यहरुमा हरि पोखरेल, विश्वनाथ ठाकुर, श्यामदेव मेहता र कामेश्वर पंडित चयन भएका हुन् ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












