गनेश कुमार यादव
इनरुवा । सुनसरीको कोशी गाउँपालिकाको कोशी कटानमा बुधबार बाढी,आगलागी र सर्पदंशमा आधारीत जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
कोशी गाउँपालिका वडा नं–४ कोशी कटानमा बाढी,आगलागी र सर्पदंशमा आधारित जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका स्वयम सेवकहरुले बाढी,आगलागी र सर्पदंशमा आधारित नाटक प्रस्तुत गरेर जिल्ला स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको कोशी गाउँपालिकाकाी उपाध्यक्ष अनिता देवी यादवले जानकारी दिइन् ।
उक्त कार्यक्रम कोशी गाउँपालिका,लौकही र भोक्रहा नरसिंह गाउँपालिकाको चिरौलीको संयोजकत्व र नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको समन्वयमा सम्पन्न भएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजल अख्तर अजादले जानकारी दिए ।
उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको आयोजनामा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
कार्यक्रममा प्रजिअ इन्द्रदेव यादव,प्रहरी प्रमुख संजय सिंह थापा,कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी,भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजल अख्तर अजाद ,हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायत स्थानिय वासिन्दाहरुको उपसिथती रहेको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका स्वयम सेवकहरुको सहभागिता रहेको थियो ।
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...












