हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका शिक्षकहरुलाई तीन दिने इमिस तालिम सुरु गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरको आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा बुधबारदेखि तीन दिने इमिस तालिम सुरु गरेको हो ।
सो तालिममा हरिनगर गाउँपालिकाका ३० जना शिक्षकहरु सहभागी भएको शिक्षा शाखाका अजितकुमार मल्लिकले बताएका छन् ।
पहिलो चरणमा सामुदायिक, धार्मिक र निजी विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी ३० जनालाई एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम सञ्चालन भएको उनले बताए ।
हरिनगर गाउँपालिकाका शिक्षा शाखाका प्रमुख तथा कार्यक्रम संयोजक गुणराज ढकालको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको थियो ।
उद्घाटन सत्रमा बालकृष्ण माविका प्रधानाध्यापक नजामुद्दिन अन्सारी र शिक्षा शाखाका गणेशप्रसाद गौतमले धारणा राखेका थिए ।