हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सुभाषकुमार देवको अध्यक्षतामा पौदार कल्याण समाज नेपालको १५ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन भएको छ ।
समाजको उपाध्यक्षमा बलराम पौदार, सचिवमा दीपेन्द्रकुमार देव, सहसचिवमा राजेश पौदार र कोषाध्यमा सरिता देव चयन भएको हो ।
यसैगरी सदस्यहरुमा प्रदीप पौदार, खेलानन्दलाल देव, माधवलाल देव, बालकृष्ण देव, निलम देव, रामनारायण पौदार, सुवोधनारायण पौदार, सुरेन्द्र पौदार, पारसकुमार देव र सूर्यनारायण देव रहेका छन् ।
त्यसैगरी पौदार कल्याण समाज नेपाल हरिनगर कार्यसमितिको सल्लाहकार समितिमा सुनिलकुमार देव, सदानन्द पौदार, तारकेश्वर पौदार, विजय पौदार, मनोरमादेवी र प्रदीपकुमार पौदार रहेका छन् ।
पौदार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष रामनारायण पौदार, उपाध्यक्ष विजेन्द्र पौदार, केन्द्रीय महासचिव प्रमोद देव र केन्द्रीय सदस्य खेलानन्द पौदारको रहोवर हरिनगर गाउँपालिका कार्यसमिति निर्माण गरेको बताइएको छ ।
पौदार कल्याण समाज नेपाल हरिनगर गाउँपालिकाका अध्यक्ष सुभाष कुमार देवले आफनो जातिय संस्थालाई यो क्षेत्रमा बिस्तार गर्ने बताएका छन् ।
सुभाष कुमारले हरिनगरमा पौदार जातिका संगठन मजबुत बनाई जातिय हक अधिकार प्राप्तिका लागि आवाज उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यस क्षेत्रमा पौदार जातिको पहिचान गरी यसमा आवद्ध गर्न भूमिका खेल्ने समेत बताए । मुलुकलाई आर्थिक विकासमा टेवा पु¥याउने पौदार जाति पनि भएकोले राज्यले पनि पौदार जातजातिको आरक्षण गर्नुपर्ने समेत उनले बताए ।