Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आज राष्ट्रिय मेलमिलाप दिवस : कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १६, २०७७
in FEATURE, मुख्य खबर
आज राष्ट्रिय मेलमिलाप दिवस : कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै
52
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रूपमा मनाउँदै आएको छ।

यसै सन्दर्भमा कांग्रेसले बिहीबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरि ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिका मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता वीपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता वीपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो।

यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।

त्यसपछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि ८ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक वीपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बताए । वीपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग गरेको छ।

नेपालमा वीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी ९पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित० लेखेका थिए। बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो।

Tags: तरुण दलनेपाली कांग्रेसप्रजातन्त्रको स्थापनाराष्ट्रिय मेलमिलाप दिवसवीपी
Share21Tweet13SendScan
Previous Post

जकडिने भयो मकुना

Next Post

संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

Related Posts

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
FEATURE

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरमा...

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
Next Post
संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In