विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश १ नेकपा संसदीय दलका नेता राईलाई हटाइएको हो ।
दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको जानकारी गराएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले हटाइएको पत्र सचिवालयमा दर्ता भएको बताए ।
दलको बहुमत सदस्यबाट अविश्वासको पत्र दर्ता भइसकेकाले संसदीय दलका नेता राई नैतिक रुपमा दलका नेता हुन नसक्ने पत्रमा उल्लेख छ । निस्कासन गरिएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । श्रोत : कोसी अनलाइन