Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सर्वोच्च अदालतको आदेशलाई पर्खेका छौं : कार्की

आदेशलाई शिरोधार्य गरेर कांग्रेस अगाडि बढ्छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७७
in FEATURE, पत्रपत्रिका, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
सर्वोच्च अदालतको आदेशलाई पर्खेका छौं : कार्की
72
SHARES
Share on FacebookShare on Twitter

नेपाली राष्ट्रिय राजनीतिमा भूमिका खेल्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको विघटनले राजीतिकमा उथलपथल आएको बताए ।

कार्की २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर पहिलो पटक सुनसरीमा आएर निर्वाचनमा विजयी भएको साहसी नेताका रुपमा परिचित छन् ।

मुलुकको राजनीतिलाई परिर्वतन गर्न र कठिन परिस्थितिमा नेपाली कांग्रेसलाई सल्लाह सुझाव र बाटो देखाउने काममा अहम भूमिका खेल्दै आएका पूर्व अर्थमन्त्रीसमेत बनेका कार्कीले सुनसरीबाट निर्वाचित भएको साढे तीन वर्षमा जनताको इच्छा आंकक्षालाई ख्याल गरी जनताको समस्याप्रति उत्तरदायी बन्दै गएको लोकप्रिय नेताका रुपमा चर्चा परिचर्चा पाएका नेता हुन् ।

सुनसरीमा विकास गर्न र जनताको समस्यालाई सम्बोधन गर्न खासगरी उनको चाहना नै सुनसरीमा विकास हुन नसकेको भन्दै विकास गर्न उत्साहित रहेका कार्कीले निर्वाचनमा होमिएपछि विजयी पनि भए ।

साढे तीन वर्ष पुगेलगत्तै वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा उनी सुनसरीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट र भालाकुसारी गरेर काठमाडौँ फर्केका छन् ।

जनताले पाँच वर्षको जिम्मेवारी दिएको बेलामा देशमा अचानक विकट परिस्थिति आएको बेला कार्कीले आफ्नो क्षेत्रका नेता तथा कार्यकर्ताहरुसँग परामर्श लिई केन्द्रीय स्तरका नेताहरुसँग विशेष छलफल र सर्वोच्च अदालतको आदेश आउनेबित्तिकै मुलुकमा नेपाली कांग्रेसको भावी रणनीति र कांग्रेसको योजनाबारे जनतामाझ पस्किने पूर्व अर्थमन्त्री कार्कीको तर्क छ ।

राष्ट्र राजनीतिमा चासो राख्ने कार्कीले विकासको मुल एजेण्डा बोकेर प्रतिनिधिसभामा उम्मेदवारी दिएर विजयी भएकाले सदैव जनताको सेवा गर्ने र जनताको चाहनाअनुसार काम गर्न कहिले पछि नहट्ने उनको भनाइ छ ।

सबैको इच्छा आंकक्षा र भावनालाई बुझ्ने नेता कार्कीले ४ नम्बर क्षेत्रसँगै सुनसरीका विभिन्न गाउँपालिका वा नगरपालिकामा योजना पार्न र सामाजिक कार्यमा भूमिका खेल्ने गरेको बताउँछन् ।

समस्याप्रति गम्भीर भएर सदैव जनताको पक्षमा वकालत गर्ने, विकास निर्माण, शिक्षा, स्वास्थ्य, क्षेत्रमा लगनशील भएर विकासको पक्षमा आवाज बुलन्द गर्नका लागि जनताको विषयमा चिन्ता गरिरहने कार्की विकासप्रेमी युवा नेता हुन् ।

बदलिँदो परिस्थितिमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको अगामी दिनमा कस्तो भूमिका रहने र अबको बाटो कांग्रेसले पुनस्र्थापना कि निर्वाचन के रोज्ने रु भन्ने समसामयिक विषयमा पूर्वअर्थमन्त्री र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् विघटित सांसद् ज्ञानेन्द्रबहादुर कार्कीसँग सुनसरी अनलाइनका अध्यक्ष तथा  कार्यकारी सम्पादक टोमराज मेहताले गरेको कुराकानीको सारसांक्षेप :

वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका के हुन्छ ?
अहिले हामीले सोचेको कल्पना गरेको भन्दा अत्यन्त अकल्पनीय बाटोतर्फ मुलुक उन्मुख भएको छ । यसले नेपाली जनताको स्थिरता, विकास र शान्तिको चाहनालाई तुसारापात गरेको छ । नेपाली कांग्रेस अहिलको जटिल परिस्थितिलाई सामना गर्दै कांग्रेसले विगतदेखि नै अग्रगामी भूमिका खेल्दै र नेतृत्व गर्ने शक्तिशाली पार्टी हो । अहिले पनि मुलुकलाई अस्थितरता तर्फ जान नदिन, थप द्वन्द्व नजान दिन कांग्रेसले निर्णायक भूमिका खेल्नेछ ।
नेपाली कांग्रेसको भावी रणनीति के हुन्छ ?
अब हामीले लोकतन्त्रमा भाषण गर्ने माध्यमको रुपमा नहेर्न, लोकतन्त्र जीवन पद्दतिमा अधारित रहेको छ । आचरणमा यो कुरा लागू हुने विश्वास गरेका छौं ।

हामी कानुनी शासनमा विश्वास गर्छौ, न्यायालयको सर्वोच्चतामा विश्वास गर्छौ र अहिले संविधानको कुनै धारा उपधारा, दफा, उपदफा कुनैले पनि प्रदत्त नगरेको अधिकारलाई प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको छ । संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो ।

यसको नेपाली कांग्रेसले सशक्त रुपले प्रतिरोध गर्दै सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्ने छौं । अहिले संविधानलाई भत्काउने प्रयत्न पनि भइरहेको छ ।

मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भइरहेको छ, त्यसलाई हामी रोक्ने प्रयास गर्छौ । यो संविधान २००७ सालको क्रान्तिमा नेपली जनताले आफ्नै शासकद्वारा लेखिएको संविधानद्वारा शासित हुनु जुन अभिलाषा थियो, त्यो ७० वर्षपछि आएर पूरा भएको छ ।

संविधानमा परिमार्जन र संशोधन गर्ने पनि कुरा होलान् , मधेसमा मुद्दाहरुको विषय उठिरहेको बेला गहन छलफल गरेर यो संविधानलाई सबैको स्वामित्व ग्रहण गर्ने र सबैलाई स्वीकार्य हुने संविधान बनाउन र यसलाई विकसित गर्दै संविधानको रक्षा गर्दै अगाडि बढ्ने नेपाली कांग्रेसको दायित्व रहेकाले पूरा गर्ने सामथ्र्य राखेको छ ।

नेकपा पार्टी दुई फुटमा छ, यसलाई नेपाली कांग्रेसले मुलुकको लागि कसरी फाइदा उठाउ“छ ?
नेपाली कांग्रेले मुलुकको फाइदा र हितका लागि कदम चाल्नेमा नेपाली जनता विश्वस्त हुन जरुरी रहेको छ । नेपाली कांग्रेस जहिले पनि नेपाली जनता र मुलुकका लागि अग्रसर र नेतृत्व लिने पार्टी भएको हुँदा यो विकट परिस्थितिमा पनि कांग्रेसले जनता र राष्ट्रको हितमा निणार्यक भूमिका खेल्नेछन् ।

कुनै पनि दल फुट्नु राम्रो कुरा होइन तर जुट्दै नजुट्ने दलहरु जुटेका हुनाले यो फुटलाई नेपाली समाजले स्वभाविक रुपमा लिएको छ । वहाँहरु फुटे पनि नफुटे पनि नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र जनताको समृद्धिका लागि अडिग भएर अगाडि बढ्छ ।

मेरो विचारमा राजनीति पद्दतिलाई अंगिकार गरिसकेका छौं, संविधान जारी गरिसकेका छौं, यो संविधानलाई रक्षा गर्दै देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने कदममा नेपाली कांग्रेस लाग्छ । र त्यसका लागि नेपाली कांग्रेसले अहिले चुनावको मनस्थितिमा रहेको छैन ।

तथापि सर्वोच्च अदालतले आदेश दिएपछि मुलुकको बाध्यता र अस्थिरताको सुरुङतर्फ जान नदिनका लागि चुनावको माध्यमबाट भए पनि हामी यो संविधानलाई रक्षा गर्न र अहिले भएको गल्तीलाई सच्याउँदै जान सक्छौं ।नेपाली कांग्रेसको एक खेमाले संसद् पुनस्र्थापना हुनुपर्छ र एक खेमाले

निर्वाचनमा जाने कुरा गरिरहेका बेला जनतामा अन्योल छ, ठयाक्कै भन्नुपर्दा कांग्रेसले के रोज्छ त ?
ठ्याक्कै भन्नुपर्दा प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सर्वोच्चको निर्णयलाई पनि फर्केर बसेका छौं, त्योभन्दा पहिले यसको विरोध गर्दै जानेछौं ।

विरोधलाई जनताको आन्दोलन बनाउन चाहन्छौं । यसको प्रतिरोध गर्नलाई गाउँ–गाउँबाट, वडा–वडाबाट जनताहरु आन्दोलनका लागि तयार हुनुपर्छ, त्यसका लागि आन्दोलनको तयारी गर्दै जरुरत पर्‍यो भने त्यो आन्दोलनलाई चुनावको रुपमा परिणत गर्न सक्छौं ।

हाम्रो भनाइ स्पष्ट रहेको छ, जनताको अधिकारलाई, देशको समृद्धिलाई मुलुकको अस्थितरतातर्फ नधकल्नका निम्ति नेपाली कांग्रेस पहाड र सगमाथा जस्ते हुने विश्वास व्यक्त गर्दछु ।

१ नम्बर प्रदेश सरकार पनि धरापमा परेको छ, कांग्रेसको सहयोग मागिरहेको अवस्थामा नेकपास“ग कसरी सहकार्य वा सहमति गर्ने विषयमा कांग्रेसको धारणा के रहेको छ ?
यो विषयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको पुस १९ गते आइतबार बस्ने बैठकले निर्णय गर्नेछ । केन्द्रीय समितिमा १ नम्बर प्रदेशको कुरा मात्रै होइन, सातवटै प्रदेशको सन्दर्भमा पार्टीको बैठकले ठोस निर्णय लिइनेछ ।

नेकपाले स्वार्थको राजनीतिक गरेको हुनाले मुलुकलाई अन्योलतातर्फ धकेलिरहेको अवस्था छ । त्यसैले यसलाई हामीले कसरी ग्रहण गर्ने भन्ने कुरालाई केन्द्रीय समितिले विचार गरेर ठोस नीति लिएर अगाडि बढ्नेछौं ।

कांग्रेसका सभापति देउवाले ओलीसंग मिलेर संसद् विघटन गरेको बजारमा हल्ला छ नि, यसलाई कसरी लिनुभएको छ ?
यसलाई मैले धेरै ब्याख्या गर्नुभन्दा पनि एउटा यो कुप्रचार हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भनेको एउटा संस्था हो र एउटा संस्थाले आफ्नो संस्थालाई अहित गर्ने काम गर्दैन, कल्पना पनि गर्न सकिन्न । यो प्रचार सुन्दा वा देख्दाखेरि मलाई पनि दुःख लाग्छ ।

सरकारले वैशाखमा घोषणा गरेको चुनाव र कांग्रेसको १४ औं महाधिवेशन गर्न कत्तिको सम्भव देख्नुभएको छ ?
चुनावलाई हामीले प्राथमिकता दिनुपर्छ । महाधिवेशनलाई पनि साथसाथ लग्नुपर्छ किनभने भदौंसम्ममा १४ औं महाधिवेशन गरेनौं भनौं कांग्रेसलाई संवैधानिक संकट आउन सक्छ । त्यसैले यसलाई हामीले साथसाथ लानुपर्दछ र जान्छौं पनि ।
२०५१ सालमा भएको मध्यावधि चुनाव र अहिले हुन लागेको चुनावमा के फरक छ ?
२०४७ सालमा जुन संविधान बनाएका थियौं, त्यो संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार थियो । तर यो समीक्षाको विषय पनि छ । २०५१ सालको मध्यावधिमा जाँदा जे–जे कारणले गयौं, त्यो इतिहास भइसकेको छ तर ११४ सिट कांग्रेसको र ६९ सिट तत्कालीन एमालेको थियो ।

मध्यावधि चुनाव भइसेकपछि तत्कालीन एमाले कांग्रेसभन्दा ठूलो पार्टी भएर गयो र नेपाली कांग्रेस दोश्रो पार्टी भएर स्थापित भएको थियो । यसले पनि मुलुकमा राजनीतिकप्रति वितृष्णा जगाउने काम भयो ।

यिनै अधारहरुमा माओवादी आन्दोलनमा गए । अहिले सरकारले गरेको संसद् विघटन नै अलोकतान्त्रिक र असंवैधानिक रहेकाले सर्वोच्च अदालतको आदेशको पर्खाइमा रहेका छौं । कांग्रेस न्यायालयप्रति विश्वास राख्ने भएको हुँदा के निर्णय गर्छ भन्ने कुरामा भर पर्छ । त्यसैले अहिले चुनाव नै हुन्छ भन्ने कुरा भन्न सकिन्न ।

तपाई सरकारमा पनि बस्नुभयो, अर्थमन्त्री पनि हुनुभयो । अहिलेको संसद् विघटनले अहिलेको आर्थिक क्षेत्रमा कस्तो असर पार्ला ? कसरी विशलेषण गर्नुहुन्छ ?
म अर्थमन्त्री पनि भएँ र निर्वाचन गराउने सरकारमा पनि बसेँ । तपाईको माध्यमबाट पनि भन्न चाहन्छु सरकार भनेको निरन्तरा हो, अघिल्लो सरकारले बजेट निकालेको थियो, त्यसैलाई पास गर्ने काम मैले गरंँ ।

अहिलेको जुन स्थितरता छ, यसले मुलुकको अर्थतन्त्रमा धेरै गहिरो प्रभाव पार्छ । झन् अनुकुल वातावरणमा दुई तिहाइको सरकार थियो जुन किसिमले अर्थतन्त्रमा फड्को मार्नु पर्दथ्यो, तर यो सरकारले एउटा सिन्को पनि भाँचेन । समृद्ध नेपाल, खुसी नेपाली नारा मात्रै लगायो तर त्यसको ठिक विपरित यो सरकारले काम गर्‍यो ।

मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन नसकेको र लगानी नभित्र्याई देशको विकास हुन सकेन । देशमा लगानीमैत्री बनाउन सकेन । यो सरकारप्रति स्वदेशी र विदेशी लगानीकर्ताले विश्वास गर्ने वातावरण सिर्जन भएन । नेपाली कांग्रेसकै समयमा पारेका योजनाहरुको केही काम पूरा भए र यो सरकारले रिबन काट्नेबाहेक अरु केही काम गरेको छैन ।
संसद् विघटन हुदाँ कस्तो अनुभूति गर्नु भयो ?
संसद् विघटन दुर्भाग्यपूर्ण कुरा हो । यत्रो अवसर पाउँदा पनि सरकारले देशको शासन व्यवस्था चलाउन सकेन । यसलाई गम्भीर रुपमा लिएर जनतासँग छलफलको विषय बनाएर अगामी दिनमा आउने पुस्तामा यस्ता दुर्भाग्यपूर्ण घटना नघटाउनका निमित्त वातावरण तयार गर्ने सबैको कर्तव्य हो ।

सडकको आन्दोलनबाट संसद् पुनस्र्थापना हुने कत्तिको सम्भावना देख्नुभएको छ ?
सुनसरीलगायत मुलुकभर विरोधसभाको आयोजना भयो । असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध जनमत ओर्लिएको थियो, यो नेपाली लोकतन्त्रको पूँजी हो, यो पूँजीलाई देशको हितका निम्ति प्रयोग गर्नु पर्दछ ।

अब सर्वोच्च अदालतमा विचाराधीन विषय रहेको हुनाले हामी सर्वसत्तावादी जस्तो काम गर्दिन् । अदालतले जे निर्णय गर्लान्, आफूहरुले त्योअनुसार तयार भएर जनतामाझ प्रस्तुत हुनेछौं । यदि सर्वोच्च अदालतले चुनावको निर्णय सुनायो भने निर्णयलाई आत्मसाथ गरेर चुनावको तयारीमा समेत जानेछौं ।

तपाई निर्वाचित भएपछि कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्ती र अर्नाले कैयौं व्यक्तिको ज्यान लिएको छ । आफ्नै निर्वाचन क्षेत्रमा जंगली जनावर नियन्त्रण गर्न तपाईको प्रयास के छ र घोषणापत्रअनुसार कार्यान्वयन के कति भएको छ ? 
यस विषयमा म धेरै गम्भीर भएको छु । यस विषयमा संसद्मा आवाज उठाएको छु । म अर्थमन्त्री भएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षलाई तारबार घेराबेरा गर्न पाँच करोड रुपैयाँ छुट्याएको थिएँ ।

त्यसको पूरा काम हुन सकेन । अहिले पनि तारबार घेराबेरा गर्नका लागि तीन करोड रुपैयाँ छुट्याएको छ । तर यो तारबार घेराबेराले यो समस्या समाधान हुँदैन् ।

अहिले मानव र जंगली जनावरबीचको जुन द्वन्द्व छ, यसलाई व्यवस्थापन गर्न सक्नु पर्दछ । यो द्वन्द्वलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो सभ्यतामाथि कै चुनौती हो । दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्नेतर्फ म अग्रसर भएको छु ।

अन्त्यमा तपाई सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का जनतालाई के भन्नुहुन्छ ?
सुनसरी क्षेत्र नम्बर ४ का जनता चेतनशील भएका हुनाले यो क्षेत्र सबैभन्दा बढी सम्भावना पनि भएको र अत्यन्त्र अप्ठयारो रहेको क्षेत्र हो । यो क्षेत्रलाई सबै मिलेर सदभाव र आपसी सम्झदारी गरेर विकासलगायतका विषयमा एकजुट हुन आवश्यक रहेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ का जनतालाई पार्टीगत हिसाबले हेरेको छैन र सबैलाई मेरो क्षेत्रको जनता हो भनेर माया, स्नेह सदभाव कायम गरेको र भेदभाव कसैलाई पनि नगरेको मेरो बुझाइ छ । यस क्षेत्रलाई के गर्दा हित हुन्छ भन्ने विषयमा म सदैव चिन्ता गरिरहेको छु ।

Tags: ज्ञानेन्द्रबहादुर कार्कीटोमराज मेहताबदलिँदो परिस्थितिसुनसरी
Share29Tweet18SendScan
Previous Post

हरिनगराका प्रहरी हवल्दार छ हजार घुस सहित रगेंहात पक्राउ

Next Post

उरााव समुदायको यकिन तथ्यांक संकलनमा जोड

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
Next Post
उरााव समुदायको यकिन तथ्यांक संकलनमा जोड

उरााव समुदायको यकिन तथ्यांक संकलनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In