इनरुवा । राजी पाडहा सरजा प्रार्थना सभा नेपाल केन्द्रीय कार्यालय इनरुवा सुनसरीको आयोजनामा राष्ट्रिय जनगणना २०७८ मा उराँव जातिको धर्मसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रममा उराँव समुदायका अगुवाहरुले उराँव समुदायको धर्म, जात र भाषामा एकरुपता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय जनगणना २०७८ मा उराँवहरुको यकिन तथ्यांक आओस भनेर गाउँगाउँमा जातको ठाउँमा उराँव, भाषाको ठाउँमा उडुख वा उराँव लेख्नुपर्ने धर्ममा प्रकृति पुजक सरना उल्लेख गर्न अपिल गरेको छ ।
सुनसरी मोरड सहितका उराँव बाहुल्य रहेका क्षेत्रमा सचेतनास्वरुप अभियान चलाउने र उराँवहरुको यकिन तथ्यांक राष्ट्रिय जनगणनामा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद सूर्यदेव दास उराँवले जाति र भाषाको यकिन तथ्यांक तथा पहिचानका लागि जनगणनामा एकरुपता आवश्यक रहेको बताए । उराँवले मुलुकभर उराँव जातिहरुको तथ्यांक यकिन गरेर जनगणनामा एकरुपता ल्याउन जोड दिएका थिए ।
यकिन तथ्यांक नहुँदा उराँव जातिको जनसंख्या पत्ता लगाउन समस्या भएको हुँदा उराँव जातजातिहरुले संगठित भएर यस विषयमा चासो दिएको उनको तर्क थियो ।
रामकिसुन उराँवको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि नुनुलाल उराँव, ध्यानी उराँव, दिपेन्द्र उराँव, ममता उराँव, सन्दीप उराँव, सरिता उराँव, धनबहादुर उराँव, सम्पतलाल उराँव, पञ्चलाल उराँव लगायत अगुवाहरुले २०७८ को जनगणनामा एकरुपता ल्याउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा उराँव जातिको गीतसंगीत, नाचगान, भाषा, धर्मसंस्कृतिलाई जर्गेना गर्दै संरक्षण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।