Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

हरिनगरा बजारमा नमूना मन्दिर बनाउँछु : अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७७
in मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरा बजारमा नमूना मन्दिर बनाउँछु : अन्सारी
174
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले हरिनगरा बजारमा महावीर बजंरगवली मन्दिर बनाउन आफूले सहयोग गर्ने बताएका छन्।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले हरिनगर वडा नम्बर–४ को मुख्य बजार क्षेत्रमा नमूना मन्दिर बनाउन कुनै कसर बाँकी नराख्ने र मन्दिर बनाएर बजारको रौनक बढाउन लागेको बताए ।

पालिका अध्यक्षलाई यसअघि मन्दिर भत्काउने आरोप लागेको बेला अहिले पालिका अध्यक्ष अन्सारीले आरोपलाई चिर्नका लागि हरिनगरा बजार क्षेत्रमा नमूना मन्दिर बनाउनमा जोड दिएको बताएका छन् ।

हरिनगरा बजार क्षेत्रमा जनतासँग अध्यक्ष भन्ने कार्यक्रमअन्र्तगत पालिकाका अध्यक्ष अन्सारीले हरिनगरा बजार क्षेत्रका युवा, व्यापारी र बुद्धिजीवीको गुनासो सुन्नका लागि आइपुगेको कार्यक्रममा गुनासो सुन्दै अध्यक्षले महावीर बजंरगबली मन्दिर निर्माण गर्नका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्दिर निर्माण भएपछि बजार क्षेत्रको मुहार फेरिने बताउँदै अध्यक्ष अन्सारीले मन्दिर बनाउनका लागि सम्पूर्ण खर्च पालिका र अन्य दातृ निकाससँग समन्वय गरेर आफ्नै कार्यकालमा काम सम्पन्न गरी लागेको आरोपलाई चिर्दै अगाडि बढ्नेसमेत बताए ।

हरिनगर गाउँपालिकाअन्र्तगत हरिनगर–४ लाई पालिकाको सदरमुकाम बनाउने गरी सबै बाटोहरु जोडेर बाटो निर्माण कार्यलाई सम्पन्न गर्न लागेको उनले बताए ।

यस बजार क्षेत्रलाई विकास गर्दै अगाडि बढेको र हरिनगर बजार क्षेत्रलाई मुहार फेर्नका लागि कामहरु धमाधम सम्पन्न हुन लागेकाले केही दिनमा यो नमूना वडाको रुपमा स्थापित हुने जिकिरसमेत गरे ।

पालिकामा जिम्मेवारी सम्हालेको साढे तीन वर्ष पुग्न लाग्दा पहिलो पटक हरिनगराका युवाहरुले विकासका निम्ति आवाज उठाएको अध्यक्ष अन्सारीको भनाइ छ ।

मन्दिर बनाउने कार्यलाई तीव्रता दिन आफूले पालिकाबाट इन्जिनियरलाई परिचालन गरिसकेको र मन्दिर समितिले पनि सम्पूर्ण कागजातहरु पूरा गरी जिम्मा लगाउन पनि उनले आग्रह गरे ।

गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले आफ्नै घर पनि बजार क्षेत्रमा रहेको हुँदा युवाहरुले गरेको गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताइन् ।

मन्दिर निर्माण भएपछि मन्दिरलाई संरक्षण र सम्बद्र्धन गर्न सबैले एकजुट हुनुपर्नेमा जोड दिइन् । बजार क्षेत्रमा मन्दिर निर्माण भएपछि हिन्दुहरुको धार्मिकस्थलको रुपमा विकास हुने भएको हुँदा समयमै निर्माण कार्य सम्पन्न गरी नमूना मन्दिर बनाउन जोड दिएकी थिइन् ।

यस्तै समाजसेवी देवनारायण मेहता र खेलानन्दलाल देवले समेत मन्दिर निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । युवाहरुको अथक प्रयासलाई पालिकाले समयमै सम्बोधन गर्नुपर्ने आवश्यक रहेको उनीहरुले बताएका छन् ।

मन्दिर समितिका अध्यक्ष प्रदीपकुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष सुदिलाल मेहता, हरिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति शिवहरि श्रेष्ठ, रामचन्द्र राउत, प्रदीप मेहता, सुभाषकुमार देव, मनोज मेहता, दीपककुमार साह, राजेश मालुलगायतको सहभागिता रहेको थियो ।

Share70Tweet44SendScan
Previous Post

इटहरीमा राजावादिहरुले निकाले भब्य कार तथा मोटरसाइकल र्याली

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई कारवाहीको माग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई कारवाहीको माग

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई कारवाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In