इनरुवा । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।
कर्मचारीहरुको स्वामित्वमा रहेको सहकारी संस्थाको २२ औं साधारण सभा अन्र्तगत सर्वसहमति गर्ने प्रयास भएपनि आँकाक्षीहरु धेरै भएकाले पदाधिकारी चयन गर्न मतदना सुरु भएको हो ।
राष्ट्रियसेवक बहुमुखी सहकारी संस्थाका लागि सञ्चालक समिति अध्यक्षका लागि हिमाल श्रेष्ठ र लेखनाथ पौडेल, उपाध्यक्षका लागि कृष्ण कुमार नेपाल र यादव भण्डारी, सचिवका लागि उमेश गौतम र कुमार न्यौपाने, कोषाध्यक्षका लागि मोहन सुवेदी र निलकमल निरौला चुनावी मैदानमा रहेका छन् ।
त्यसैगरी चार जना सञ्चालक समिति सदस्यका लागि आठ जना , तीन जना महिला सदस्यका लागि आठ जना, एक जना लेखा संयोजकका लागि दुई जना र लेखा महिला सदस्यका लागि एक पदमा दुई जनाको उम्मेदवारी रहेको छ ।
चुनावी प्रक्रियाद्वारा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । समाचार तयारपर्दा सम्म चार सय ८२ मत खसेको छ भने आधा भन्दा बढी मत खस्न बाँकी रहेको छ ।