हरिनगर । हरिनगर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद विकास शाखाले विधालयहरुलाई शैक्षिक गुणस्तरीयताका लागि शिक्षा सम्वन्धी उपकरण प्रदान गरेको छ ।
हरिनगर गाउँपालिकाबाट ४ वटा सामुदायिक र ५ वटा धार्मिक विद्यालयहरूमा अँग्रेजी पढ्ने बोल्ने मेसिन १ सेट,स्मार्ट टि भी १ र मोवाइल १ थान उपलब्ध गराएको हो ।
शैक्षिक उपकरण सामाग्री वितरण गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले गर्नुभएको शिक्षा शाखाले जनाएको छ ।
सामाग्री वितरण कार्यक्रममा उपाध्यक्ष रिमझिम कुमारी भगत, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का , १ नं.वडाध्यक्ष अव्दुल लतिफ अन्सारी ,अतिथि सुशील ठाकुर लगायतको सहभागिता रहेको थियो ।
सो वितरण कार्यक्रममा शिक्षा अधिकृत गुणराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत खड्काले कार्यक्रमको उपयोगीताका बारेमा प्रकाश पारेका थिए ।
यस अघि पालिकाका १३ वटा विद्यालयमा यस प्रकारका कार्यक्रम सञ्चालन हुदैं आएकोमा यस वर्ष थप ९ वटामा कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रमले तल्लो कक्षाका वालवालिकाहरु मनोरञ्जनात्मक तरीकाले पढ्न पढाउन सहज भएको बताइएको छ । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका अजित कुमार मल्लिकले गरेका थिए ।