इनरुवा । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा कम्यूनिष्टहरुले संकट ल्याउन खोजेको बताएका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ (ख) अन्र्तगतको इनरुवाको महेन्द्रचौकमा शनिवार आयोजित विरोध सभालाई सम्वोधन गर्नुहुदैं कार्कीले मुलुकमा संकट ल्याउन खोजनेहरुको सपना पूरा हुन नदिनका लागि देशभर कांग्रेसले विरोध सभाको आयोजना गरेको बताएका छन् ।
मुलुकमा वर्तमान सरकारले असवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध सभा गरेर अधिनायकवाद र सर्वसत्तावादको विरुद्ध आवाज उठाएको उनले स्पष्ट पारें ।
वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउछु भन्ने नारा भनाईमा मात्र सिमित रहेकाले नेपाली जनताको पक्षमा कहिल्यै पनि कम्यूनिष्ट उभिएको नदेखिएको बताउँदै उनले भने ‘ कम्यूनिष्ट सरकारले नारा दिएर लोकप्रियता कमाउन सफल भएपनि जनताको मन जित्न नसकेको ठोकुवा गरें ।
वर्तमान झन्झटिलो परिस्थिती को निर्माण केपी शर्मा ओली नेतृत्वको सरकारले सिर्जना गरेको भन्दै नेता कार्कीले समस्यालाई समाधान गर्नका लागि नेपाली कांग्रेस तयार रहेको उद्घोष गरें ।
संकटले देश दुर्घटनाको सम्भावना बढ्दै गएको इंगित गर्दै नेता कार्कीले मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन र लोकतन्त्र तथा संविधानको रक्षाका निम्ति नेपाली कांग्रेस जनतामाझ आएको भन्दै उनले देश बचाउने अभियानमा जनताको पूर्ण समर्थन नेपाली कांग्रेसले पाएको आभाष आफूले गरेको बताए ।
आसन्न निर्वाचनमा प्रजातन्त्र लोकतन्त्र र जनताको संविधानलाई पूर्ण रुपमा जिवित राख्न नेपाली जनताले कांग्रेसलाई नै छनौट गरी देशको नेतृत्व दिने भन्ने कुरामा आफू विश्वस्त रेहेको बताउँदै कार्कीले त्याग तपस्या र बलिदानबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामाझ एक पटक फेरी आएको कारण यसको जर्गेनाका निम्ति नेपाली कांग्रेसको विकल्प नरहेको समेत उनले ठोकुवा गरें ।
यसैबीच सो अवसरमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर–७ मा नेकपा परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन भने इटहरी उपमहानगरपालिकामा समेत आधा दर्जन बढी बिभिन्न पार्टी परित्याग गरी कांग्रसमा प्रवेश गरेका हुन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४(ख) का पार्टी सभापति हारुण अन्सारीको अध्यक्षतामा सम्पन्न विरोध सभामा प्रदेश सांसद ताहिर अन्सारी, कोशीका अध्यक्ष ऐयुब अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेस उपसभापति हरिलाल मेहता, नेता सदानन्नद मण्डल, इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल, महिला नेतृ बिजया कटुवाल, नेता युवराज दाहाल लगायतको सहभागिता रहेको थियो ।