इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति एवं १ नम्बर प्रदेशका प्रतिपक्षी दलका नेता राजीव कोइरालाले संविधानको रक्षा गर्ने काम नेपाली कांग्रेसले गर्ने बताएका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको विरोध सभालाई सम्वोधन गर्नुहुदैं कोइरालाले संविधानको रक्षा कसैले पनि नगरें नेपाली कांग्रेसले गर्ने बताए । मुलुकमा बिभिन्न कालखण्डमा जारी भएको संविधानको बारेमा स्पष्ट पार्दै कोइरालाले २०७२ सालमा जारी भएको संविधान विश्वकै उत्कृष्ट संविधान भएको हुदाँ यसलाई रक्षा गर्न हामी सबैको दायित्व भएको बताए ।
तत्कालिन एमाले र नेकपा माओवादी लोकतन्त्र पार्टी नभएको दाबी गर्दै कोइरालाले नेकपाको दुई तिहाई सरकारले पनि जनताको मर्म भावना नबुझी उनीहरुको आपसी झैभगडा र मनमुटावका कारण संसद् विघटनले संविधानलाई तहसनहस गर्न खोजेका हुनाले नेपाली कांग्रेसले रक्षाका लागि विरोध कार्यक्रमहरुबाट जनतालाई सचेत र जागरुक्क बनाउन लागेको उनले बताए ।
सरकारको रवैया, भ्रष्टाचार, कोभिड १९ मा सरकारको लापारवाही सर्वसत्तावादरको बारेमा जानकारी दिन र संसद् विघटन गरेको कार्य अलोकतान्त्रिक र असवैधानिक बिरुद्ध आवाज उठाइरहेको बताए ।
मुलुकमा संकट आएको बेला नेपाली कांग्रेसले अग्रणी भूमिका खेलेको हुदाँ यस संकटमा पनि नेपाली कांग्रेसले जनताको हक अधिकार र वर्तमान परिस्थितीमा अहम भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेकपा आफनै द्वन्द्वका कारण देशमा ठूलो दुर्घटना निम्ताउन खोजेको हुदाँ नेपाली कांग्रेसले नेपाली जनतालाई दुर्घटनाबाट जोगाउनका लागि सचेत र सजग बनाउँदै विरोध सभाबाटै वर्तमान स्थितीबारे स्पष्ट धारणा राख्दै अगाडि बढेको कोइरालाको भनाई छ ।
सर्वोच्च अदालतले चुनावको घोषणा गरेको खण्डमा नेपाली कांग्रेस चुनावी मैदानमा हिम्मतका साथ आउने विश्वास ब्यक्त गर्दै कोइरालाले चुनावको थप रणनीति बनाएर अगाडि बढी निर्धक्कसँग जनतामाझ जानेमा विश्वस्त रहेको बताए ।
सभापति कोइरालाले नेपाली कांग्रेसले लोकतन्त्र, प्रजातन्त्र, समाजवाद र जनताको अधिकारको पक्षमा रहेकोले अरु पार्टीलाई विश्वास नगर्न बताए । मुलुकमा बिभिन्न पार्टीले प्रलोभन देखाएर सत्तामा जाने गरेको र जनताको चाहना र ईच्छाआंकक्षालाई नहेर्ने र उनीहरु आफनो स्वार्थपूर्तीका लागि मात्र भोट बैंकको प्रयोग गर्ने पार्टीहरुलाई विश्वास नगर्न आग्रह गरें ।
कार्यक्रममा पूर्व राज्यमन्त्री सीताराम मेहता, नेपाली कांग्रेसका उपसभापति सञ्जय श्रेष्ठ, देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, उपाध्यक्ष पुनीता देवी यादव, श्यामलाल मेहता, रफुल अन्सारी, जगधर यादव लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेका थिए ।