इनरुवा । इनरुवा उधोग वाणिज्य संघ इनरुवामा एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजस्व कार्यालय इटहरी तथा उधोग वाणिज्य संघ इनरुवाको संयुक्त आयोजनामा एक दिने करदाता शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कोरोना भाइरस कोभिड १९ मा परेको प्रभावलाई मध्यनजर गर्दै उवासंघ इनरुवाले ब्यापारीहरुले आन्तरिक राजस्व कार्यालय इटहरीमा तिर्नुपर्ने करको बारे र कोभिड १९ मा ब्यापारीहरुलाई कुन कुन क्षेत्रमा छुटको ब्यवस्था गरेको तथा कहिलेसम्म तिर्दा छुट हुने ब्यवस्था गरेको बिषयमा एकदिने अन्तरक्रिया कार्यक्रममा बताइएको थियो ।
ब्यापारीलाई कर शिक्षाको आवश्यकता भएकोले उवासंघ इनरुवाले करशिक्षाको बारेमा उनीहरुलाई स्पष्ठ नीति र काम कर्तब्यका बारेमा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत प्रकाश राईले सहजीकरण तथा प्रशिक्षण दिएका थिए ।
आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले समयमै कर तिर्न ब्यापारीहरुलाई अनुरोध गरेका थिए । निरौलाले कर सम्वन्धी सबै कुरा ब्यापारीहरुलाई थाहा नभएको र कोभिड १९ मा सरकारले दिएको छुट सम्वन्धी कुराहरु थाहा नभएकोले जानकारी गराउन आफूहरु इनरुवाका ब्यापारीमाझ उपस्थित भएको बताए ।
समतामूलक, प्रगतिशिल, पुर्वानुमानयोग्य, करप्रणाली, सुनिश्चित गर्ने उद्धेश्यले करदाता शिक्षा कार्यक्रम गरेको उनले बताए । कार्यालयले प्रशासन तथा सुधार, करनीति , करदाता सेवा र शिक्षा अनुसन्धान विकास, सूचना प्रविधि ब्यवस्थापन लगायतको विषयमा ब्यापारीहरुलाई जानकारी गराउँदै आन्तरिक राजस्व कार्यालयले गर्नुपर्ने कामकर्तब्य र दायित्वको बारेमा थाहा पाउनका लागि प्रत्येक ठाउँमा कार्यक्रमको आयोजना सुरु गरेको कर अधिकृत निरौलाले बताए ।
उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहको अध्यक्षतामा सम्पन्न् भएको कार्यक्रममा उपाध्यक्ष गरिराज अटल, सचिव रोशन खड्का, सहसचिव सुरेन्द्र साह, कोषाध्यक्ष रमेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।