काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले बताए । यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो ।
आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।