इनरुवा। पूर्व अर्थमन्त्री तथा निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दलित बालबालिकाहरुलाई स्टेसनरी सामग्री वितरण गरेका छन् ।
सुनसरी इनरुवा नगरपालिका वडा नम्बर–४ को बर्खेडाँडा टोलका ५० दलित बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेका हुन् ।
दलित बालबालिकालाई जनही ब्याग, कापी, पेन्सिललगायतका समान पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उनका श्रीमती नवीना राणा कार्कीले संयुक्तरुपमा वितरण गरेका हुन् ।
नेपाली कांग्रेस इनरुवा नगरका सहसभापति बौवालाल मेहताको नेतृत्वमा ५० जना दलित बालबालिकाहरुलाई स्टेसनरी सामग्री वितरण गरेको जनाएको छ ।
बालबालिकालाई शिक्षामा सहजताका लागि शैक्षिक सामग्रीसहित स्टेसनरी वितरण गरिएको कार्कीले बताए । कार्कीले आफ्नो क्षेत्रमा राजनीतिसँगै सेवाको भावनाले शैक्षिक सामग्री वितरण गरेको बताए ।
उनले यस क्षेत्रमा दलित, विपन्न र सीमान्तकृत समुदायको शिक्षामा पहुँचका लागि आफू लागिपरेको बताउँदै उनीहरुलाई शिक्षातर्फ प्रोत्साहन गर्न स्टेसनरी सामग्री वितरण गरेको जनाए ।
वितरण कार्यक्रममा बालबालिकाहरुले विद्यालय जाने र किताब बोक्ने झोला पाएपछि खुसी व्यक्त गरेका थिए । कार्कीले भौतिक विकाससँगै मानवीय विकासका लागि आफू काम गर्दै आएको र त्यसको सानो उदाहरणको रुपमा स्टेसनरी वितरण रहेको बताए ।
उनले सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ मा गाउँटोल बस्तीसम्म पुगेर नागरिकसँग छलफल गरी आएको गुनासो र मागहरुलाई क्रमशः सम्बोधन गर्ने क्रममा स्टेसनरी वितरण गरेको पार्टीका नगर सहसभापति मेहताले बताए ।
मेहताका अनुसार कार्कीले बास्तविक लक्षित समुदायलाई छनौट गरेर स्टेसनरी वितरण गरी प्रशंसायोग्य काम गरेका हुन् । कार्कीले यसअघि पनि सो क्षेत्रमा शैक्षिक सामग्रीसहित आरक्षपीडित र अग्निपीडितलाई राहतस्वरुप विभिन्न सामग्री प्रदान गरिसकेका छन् ।