Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १०, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंहमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ । भोक्राहा नरसिंह गाउँपालिका–१ का विभिन्न पार्टी परित्याग गरी एकसाथ ५१ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमिति, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको पहलमा विभिन्न पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जनाएको छ ।

यसअघि पनि भोक्राहा नरसिंह गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी युवाहरू कांग्रेस प्रवेश गरेका थिए । संसद् विघटनपछि नेकपामा केपी शर्मा ओली र नेपाल–प्रचण्ड समूहमा विभाजन भएपछि कार्यकर्ता अन्योलमा परेपछि विकल्पका पार्टीका रूपमा नेपाली कांग्रेस रोजेका हुन् ।

भोक्राहा नरसिंह–१ मा पनि ५१ जना युवा प्रवेश गरेको कांग्रेसी नेताहरूको भनाइ छ । भोक्राहा नरसिंह–१ मा तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष भए पनि वडाका युवाहरूलाई नेपाली कांग्रेसका प्रवेश गराउन कांग्रेस नेता कार्यकर्ता सफल भएका छन् । निकै उत्साह र उमंगका साथ नवप्रवेशी कांग्रेस प्रवेश गरेका छन् ।

राप्रपा, नेकपा, जसपालगायतका पार्टी परित्याग गरी भोक्राहा नरसिंह–१ का युवा रुद्रनारायण साहसहित ५१ जना कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर–४ का सचिव राजेन्द्रप्रसाद मेहताले बताए । नवप्रवेशीहरूलाई निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्की, सीताराम मेहता, डाक्टर इसराइल मन्सुरीलगायतका नेताहरूले अबिर लगाएर स्वागत गरेका थिए ।

निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्ने पार्टी भएको बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै साझा घरको रूपमा विकसित भएको नेपाली कांग्रेस नेपाली जनताको हितमा अगाडि बढने बताए ।

सबैको भावना र मर्मलाई कदर गर्दै कांग्रेसले नेपाली जनताको पक्षमा सदैव वकालत गरिरहेको र आगामी दिनमा पनि संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको नै रहेको कार्कीले बताए ।

त्यसैगरी, अर्का निवर्तमान सांसद सीताराम मेहताले संसद् विघटनले देशमा ठूलो दुर्घटना निम्त्याउन खोजेको बताए । नेपाली कांग्रेसले देशलाई दुर्घटनाबाट बचाउन संघर्ष जारी राखेको उनको भनाइ थियो । प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै व्यवस्था संविधानमा नभएको उनले बताए ।

त्यसैले संसद् विघटनजस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्र, प्रदेश सभा र वडास्तरमा विरोध सभाबाट विरोध कार्यक्रम गरेको उनको भनाइ छ । संविधान रक्षा गर्नु कांग्रेसको एक मात्र दायित्व भएको उनले बताए ।

प्रदेश नम्बर–१ मुस्लिम संघका अध्यक्ष डाक्टर इसराइल मंसुरीले नवप्रवेशीहरूलाई योग्यता, क्षमता र दक्षताअनुसार नेपाली कांग्रेसमा अवसर दिनुपर्नेमा जोड दिए । भोक्राहा नरसिंहमा स्थानीय तहको निर्वाचनमा वडादेखि पालिका प्रमुखसम्मको पद गुमाएकाले अब हुने निर्वाचनमा कांग्रेसले लालकिल्ला गाड्ने दाबी गरे ।

पार्टीमा युवाहरूको प्रवेशको लहर दिनप्रतिदिन बढ्दै गएकाले आउँदो निर्वाचनमा यस क्षेत्रमा कांग्रेस बलियो हुने दाबी उनको छ ।
भोक्राहा नरसिंह–४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता हारुण अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समापन सामारोहलाई सम्बोधन गर्दै अन्सारीले यस क्षेत्रमा एकजुट भएर कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बताए । अन्सारीले नवप्रवेशीहरूलाई कांग्रेसमा उचित स्थान दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–४ का क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहता र युवा नेता लक्ष्मण मेहताको सक्रियतामा ५१ जना कांग्रेस प्रवेश गरेका थिए ।

कार्यक्रममा सुनिल पोखरेल, सदानन्द मण्डल, ममता मेहता, शत्रुघन यादव, सुकदेव मेहता, चनरदेव मेहता, केदार पोखरेल, नारायणप्रसाद मेहतालगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

Tags: नेपाली कांग्रेसपार्टी परित्यागभोक्राहा नरसिंह गाउँपालिकासुनसरी
Share19Tweet12SendScan
Previous Post

शिक्षा क्षेत्रमा एक वर्षभित्र नयाँ परिवर्तन : मेयर मेहता

Next Post

सिंहको स्मृति दिवसमा अन्तर्क्रिया

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सिंहको स्मृति दिवसमा अन्तर्क्रिया

सिंहको स्मृति दिवसमा अन्तर्क्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In