इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गजेन्द्रनारायण सिंहको १९औं स्मृति दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र सुनसरीको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पहिचान र अधिकारका लागि संघर्षरत रहनुभएका मधेश आन्दोलनका शुत्रधार तथा समतावादी आन्दोलनका प्रणेता गजेन्द्रनारायण सिहंको संघर्ष र अहिलेको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक चुन्नी खातुन सोनियाले जानकारी दिइन् ।
खातुनका अनुसार थारुहट अन्दोलनका अगुवा नेता राजकुमार लेखीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा रामनारायण यादव, भुवनेश्वर यादव, सुकदेव यादव, सन्तोष मेहतालगायतका नेताहरू बोलेका थिए ।