पवन रौनियार
लौकही । सुनसरीको कोशी गाउँपालिकास्थित उद्योग वाणिज्य संघ लौकहीको छेटौं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कोशी गाउँपालिका–१ लौकहीका वाडाध्यक्ष राजकुमार साहले गरेका थिए ।
उद्योग वाणिज्य संघ लौकहीमा आबद्ध व्यापारीहरूले कोरोना महामारीका कारण तीन वर्षको नवीकरण शुल्क तिर्नुपर्ने भए पनि साधारणसभामा आर्थिक वर्ष २०७७-०७८ को मात्र नवीकरण रकम तिरे पुग्ने निर्णय साधारणसभाबाट पास गराएका छन् ।
कोरोना महामारीका कारण उवासंघ लौकहीले व्यापारीहरूलाई दुई वर्षको नवीकरण रकम छुट दिएको छ । आउँदो माघ २५ गतेसम्ममा सदस्यता नवीकरण गर्नुपर्ने संघका अध्यक्ष अरुण यादवले जानकारी दिए ।
उवासंघ लौकहीका सचिव सत्वान मण्डलले आय–व्यय प्रस्तुत गरेका थिए ।
उद्योग वाणिज्य संघ लौकहीका अध्यक्ष अरुण यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अथिति राजकुमार साह, अथितिहरू उद्योग वाणिज्य संघ लौकहीका पूर्वअध्यक्ष रामनारायण पोदार, उपाध्यक्ष बिन्देश्वर गुप्ता, पूर्वसभासद सविता यादव, रामु महतोलगायतको सहभागिता रहेको थियो ।