इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा निरौला बन्धुसेवा समाज सुनसरीको क्षेत्रिय भेला सम्पन्न भएको छ ।
निरौला बन्धुसेवा समाजका प्रमुख सल्लाहकार तथा जेष्ठ नागरिक खिलनाथ निरौलाको प्रमुख आथित्यमा सम्पन्न भेलाले सामाजिक उत्थानका लागि जेष्ठ नागरिकहरुलाई सम्मान आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती निरौलाले सामाजिक विकास गरौ, समाजसँग नजिक बनौं, जेष्ठ नागरिकलाई सम्मान गरौं भन्दै सामाजिक उत्थानका लागि निरौला बन्धुसेवा समाजले अझ प्रभावकारी रुपमा भुमिका निर्वाह गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा निरौला बन्धुसेवा समाजका पूर्व अध्यक्ष नारायण प्रसाद निरौला, सल्लाहकार रमेश निरौला, पत्रकार राजन निरौला, बासु निरौला र सोमनाथ निरौला लगायतका वक्ताहरुले मुलुक निर्माणका लागि समाजको उत्थान गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका थिए ।
निरौला बन्धुसेवा समाजका अध्यक्ष सूर्य निरौलाले ८० बर्षमाथिका ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान, असाहय बिपन्न परिवारका सदस्यहलाई आर्थिक सहयोग र निरौला समुदायबाट मास्टर डिग्री पढ्ने ५ जना विद्यार्थीलाई आर्थिक सहयोगका साथै सम्मान समेत गरिने बताए । कार्यक्रमको संचालन समाजका सचिव तिलक निरौलाले गरेका थिए ।