पवन रौनियार
लौकही। सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरको बंगाली टोलमा आगलागी भएको एक हप्तापछि सोही गाउँका अगुवाहरुले आग्नीपीडितलाई ४१ हजार नगद सहयोग गरेका छन् । स्थानीय अगुवाहरुले चन्दा संकलन गरेर ४१ हजार नगद उनीहरुलाई प्रदान गरेका हुन् ।
सो टोलमा आगलागीमामा डेढ करोडभन्दा बढीको क्षति पुगेको र घरमा रहेको नगद रकमसमेत जलेर नष्ट भएपछि विभिन्न संघसंस्था, पालिका, वडा कार्यालय, सांसदलगायतले आवश्यकताअनुसार राहत सामग्री तथा खाद्यन्न सामग्री उपलब्ध गराएको एक हप्तापछि उनीहरुलाई नगद सहयोग गरिएको हो ।
संकलन भएको ४१ हजार रुपैयाँमध्ये अग्निपीडत पाँच घर परिवारलाई जनही आठ हजार दुई सयको दरले वितरण गरिएको छ । नेपाल कविरथ बंगाली टोल हरिनगर–५ समितिका अध्यक्ष खुसीलाल मण्डल, सदस्यहरु सुरेश मण्डल, दोलद मण्डल, निरञ्जन मण्डल, मधुसुदन मण्डलले उनीहरुलाई नगद आठ हजार दुई सयका दरले प्रदान गरिएको छ ।
अग्निपीडितहरु रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पृतीचन्द मण्डल र पशुपति मण्डललाई जनही आठ हजार दुई सयका दरले नगद प्रदान गरिएको छ ।
उनीहरुले समुदायका व्यक्तिहरुले पनि चन्दा संकलन गरेर आफूहरुको दुःखको घडीमा सहयोग गरेको हुँदा समुदायका अगुवा व्यक्तिहरुलाई धन्यवादसमेत दिएका थिए ।