इनरुवा। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले इनरुवामा मसाल जुलुस प्रदर्शन गरेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरुद्धमा इनरुवा नगर परिक्रमा गरी मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
विभिन्न नाराबाजीसहित इनरुवा नगर परिक्रममा गर्दै मसाल जुलुस प्रदर्शन गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० इनरुवा नगर कार्यसमिति सचिव तोया गिरीले बताएकी छिन् । संसद् विघटन अलोकतान्त्रिक र असवैधानिक कदम भएकाले संसद् पुनःस्थापना गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको उनले बताइन् ।
यसैगरी भोली (बिहीबार) आमहडता घोषणा गरेको हुँदा यस कार्यक्रमलाई सफल बनाउनका लागि नगर सचिव गिरीले अनुरोध समेत गरेकी छिन् ।