Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको दक्षिणमा पनि कोभिड अस्पताल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २२, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी
107
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित भुटाहा जेनरल हस्पिटलमा पाँच शैयाको कोभिड १९ अस्थायी अस्पतालको उद्घाटन भएको छ । भुटाहा जेनरल हस्पिटलमा यसअघि क्वारेन्टाइन र आइसोलेसन सञ्चालनपछि बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

कोरोनाका बिरामीलाई उपचार गर्ने उद्देश्यले हरिनगर गाउँपालिकाले पाँच शैयाको कोभिड अस्पतालबाट सेवा सुचारु गर्ने गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी पोखरेलले हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसनसमेत सञ्चालन भइसकेको हुनाले कोभिड अस्पतालबाट यस क्षेत्रका कोभिड बिरामीलाई उपचार गर्ने उद्धेश्यले पाँच शैयाको अस्पताल सञ्चालन गरेको बताए ।

कोभिड बिरामीलाई अन्यत्र उपचार गर्न जानुपर्ने झन्झटबाट मुक्त गर्नका लागि भुटाहा जेनरल अस्पतालमै तत्काल पाँच शैयाको अस्पतालबाट सेवा प्रवाह गर्ने प्रजिअ पोखरेलले बताए । सुनसरीको दक्षिणवर्ती क्षेत्रकै राम्रो सुविधा सम्पन्न भवन रहेकाले यहाँको अस्पतालाई छनौट गरी कोभिड अस्सपताल बनाएको उनको कथन छ ।

यस अस्पतालमा स्वास्थ्यकर्मीहरुले निर्धक्कसँग काम गर्न अनुरोध गर्दै प्रजिअले कुनै हिचकिचाहाट नगरी स्वास्थ्यकर्मीलाई हरिनगर गाउँपालिकाको भुटाहा जेनरल हस्पिटलमा काम गर्नका अनुरोध गरेका छन् । ‘स्वास्थ्यकर्मी इनरुवादेखि दक्षिण आउन मानेका छैनन्,’ उनले भने, ‘इनरुवादेखि दक्षिणवर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिका पनि विकसित भएको छ ।

’ त्यसैले सुविधासम्पन्न रहेकाले यस अस्पतालमा आउने चिकित्सकहरुले बुझ्ने कुरा भएको उनले बताए । उद्घाटन गर्दै प्रजिअ पोखरेलले हरिनगर गाउँपालिकाकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले भुटाहा जेनरल हस्पिटललाई पाँच शैयाको कोभिड अस्पतालबाट कोभिड बिरामीहरुलाई उपचारका लागि बनाइएको बताए । यस अस्पताललाई पाँच शैयाको अस्पतालको स्वीकृत दिए पनि यस अस्पतालमा ५० जनाको क्षमता भएको अस्पताल भएको उनले बताए ।

तत्काल पाँच शैयाको अस्पतालबाट सुरु गरेकाले आवश्यकता परेको खण्डमा ५० जनासम्म राखी उपचार गर्नेसमेत बताए । हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले सरकारले पहिलो चरणको खोप कार्यक्रम सञ्चालनमा ल्याएकाले कोभिडबाट बच्नका लागि खोप लगाउनुपर्ने बताएका छन् ।

कोभिड अस्पतालले कोशेढुङ्गाका रुपमा महत्वपूर्ण योगदान पु¥याउने उनले बताए । कोभिड अस्पतालले थप सुरक्षित तरिकाले उपचार गर्ने लक्ष्य लिएको हुँदा कोभिड बिरामीलाई राम्रो सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

हरिनगर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापा मगरले कोरोनाको महामारी बेला यस अस्पतालबाट एक सय ९२ संक्रमित व्यक्तिहरुलाई निको पारेर घर फर्काएको बताउँदै मगरले अब कोभिड अस्पतालबाट पनि गुणस्तरीय सेवा प्रवाह गर्ने बताए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, सात वटै वडाध्यक्षहरु, कार्यपालिका सदस्य सुशील ठाकुर, शिक्षा शाखाका अजितकुमार मल्लिकलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Tags: अध्यक्ष गफार अन्सारीकोभिड अस्पतालसुनसरीहरिनगरहरिनगर गाउँपालिका
Share43Tweet27SendScan
Previous Post

बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी

Next Post

सत्य संसारको चौथो वार्षिक उत्सव

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सत्य संसारको चौथो वार्षिक उत्सव

सत्य संसारको चौथो वार्षिक उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In