Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप

सुनसरीमा मुसहर समुदाय पनि संगठित हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २४, २०७७
in समाचार, स्थानीय समाचार
मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप
80
SHARES
Share on FacebookShare on Twitter

मुनाफा हसन
इनरुवा । सुनसरी जिल्लाभित्र रहेका अति विपन्न समुदाय मुसहरहरु जिल्लाभित्र संगठित हुने अभियानमा लागेका छन् ।

सो अभियानअन्र्तगत इनरुवामा आयोजित राष्ट्रिय मुसहर संघको कार्यक्रममा सरोकारवालाहरुले हरेक क्षेत्रमा मुसहरहरुलाई अवसर दिनुपर्ने माग गर्दै हरेक क्षेत्रमा मुसहर समुदायलाई विभिन्न राजनीतिक दलले प्रयोग गर्ने भाँडो बनाएको आरोप कार्यक्रमका वक्ताहरुले लगाएका छन् ।

नेपाल राष्ट्रिय मुसहर संघ जिल्ला स्तरीय विशाल आमसभा नामक सो कार्यक्रमलाई सम्बोधन गर्दै मुसहर समुदायका अगुवा तथा संघका केन्द्रीय महासचिव रामस्वरुप सदाले हरेका निकायमा आफूहरुको समुदायको क्षमता र योग्यताअनुसार अवसर दिनुपर्ने माग गर्दै हालसम्म सुनसरीमा मुसहर समुदायलाई विभिन्न राजनीतिक दल र नेताहरुले भीडका लागि प्रयोगमात्र गरेको प्रति खेदसमेत व्यक्त गरेका छन् ।

शनिबार आयोजित मुसहर जनजागरण कार्यक्रमअन्तर्गत आयोजित विशाल आमसभामा सदायले अरु समुदायले मुसहरलाई प्रयोग मात्रै गरेको र भोटबैंकको रुपमा लिएकाले मुसहरहरु पछाडि पर्दै गएको दाबी गर्दै राज्यको हरेक निकायमा अवसर दिनुपर्ने मागसमेत गरे ।

सदायले मुसहरहरुलाई सरकारदेखि राजनीतिक दलसम्मले सभा, जुलुस, भेला र ठूलावडालाई स्वागत गर्ने कामबाहेकमा अवसर नदिएकाले समुदाय पछि परेको प¥यै भएको गुनासो गर्दै सबै क्षेत्रमा मुसहरहरुको सहभागिता जरुरी रहेको मागसमेत गरे ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य बद्री सदाले दलहरुको हरेक कार्यक्रममा भीडभाडका लागि मुसहरहरुलाई प्रयोग गर्ने गरेको भए पनि सोही दलहरुले निर्वाचित भएपछि आफ्नो जाति, पार्टी, नातागोता र आफन्तलाई मात्रै अवसर दिने गरेको भन्दै त्यस्तो कार्यको विरोध गर्न जरुरी रहेको बताए ।

अर्का केन्द्रीय सदस्य घोघाई ऋषिदेवले मुसहर समुदायलाई सुनसरीका १२ वटै स्थानीय तहमा उपेक्षा गरेको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचनपछि जिल्लामा पालिकाहरुले चार सयभन्दा बढी कर्मचारी आन्तरिक स्रोतबाट नियुत्तmि गर्दासमेत एकै जना मुसहरलाई पनि अवसर नदिएको दाबी गरे ।

मुसहर समुदायका युवा नेता रञ्जित सदाले निर्वाचनको बेला दलहरुले रक्सी र मासुमा मुसहरहरुलाई खरिद बिक्री गर्ने गरेको आरोप लगाउँदै त्यसबाट मुसहर समुदाय नै जोगिन आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले मुसहर समुदायसमेत देशको नागरिक भएकाले उहाँहरुलाई आफूले उच्च सम्मान गर्दै आएको बताए । मेहताले राज्यले मुसहरहरुको हरेक कार्यमा सहयोग गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारसहितको निःशुल्क ग्यारेन्टी गर्नुपर्ने बताए ।

सहभागिहरुले पुस्तौदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनुपर्ने, आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, राजनैतिक रुपमा गरिने प्रयोगलाई बन्द गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले मुसहर आयोगको गठन तथा आफ्नो समुदायको सांस्कृतिक धरोहर सवरी माता र दिनाभद्रीका नामको जग्गा आफ्नै समुदायलाई उपलब्ध गराउनसमेत माग राखेका थिए ।

देशका २४ जिल्लामा करिब १२ लाखको संख्यामा मुसहरहरुको बसोवास रहे पनि राज्यले आफूहरुलाई नहेर्दा पुस्तौँदेखि चरम गरिबी, अशिक्षा, अन्याय, विभेद र अभावमा बाँच्नु परेको उनीहरुले बताएका छन् ।

सुनसरी जिल्लाका विभिन्न स्थानबाट आएका हजारभन्दा बढी मुसहर समुदायको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

Share32Tweet20SendScan
Previous Post

संसद् पुनःस्थापनाको बिकल्प छैन : कोइराला

Next Post

मेहताद्वारा १० बुँदे घोषणापत्र जारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मेहताद्वारा १० बुँदे घोषणापत्र जारी

मेहताद्वारा १० बुँदे घोषणापत्र जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In