Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरको सीमावर्ती क्षेत्र घुस्कीमा स्वास्थ्य शिविर सुरु

शिविरमा पाँच सय १४ जनाले सेवा पाए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार, स्वास्थ्य
हरिनगरको सीमावर्ती क्षेत्र घुस्कीमा स्वास्थ्य शिविर सुरु
72
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ को घुस्कीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ तथा  प्रदेश नम्बर १ सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर घुस्कीमा सुरु भएको हो ।

सीमावर्ती क्षेत्रका जनताका लागि स्वास्थ्य क्षेत्रमा पुहँच पुर्‍याउनका लागि सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

हरिनगर–६ घुस्कीका निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सरिता कँडेल खनालले पीडितहरुलाई राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, पछाडि पारिएका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिलगायतको कार्यक्रमहरु गर्दै आएको बताइन् ।

सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय सहसचिव प्राथना केसी थापाले मानव सेवाका लागि सशस्त्र प्रहरीका श्रीमतीहरुद्वारा गठन भएको महिला संघले विगत लामो समयदेखि सामाजिक कार्य गर्दै आएको मुनाफारहित संस्था भएको बताइन् ।

थापाले महिला संघले सीपमुलक तालिम, स्वास्थ्य शिविरको आयोजना, बृद्धा आश्रमलाई सहयोग, वीरगति प्राप्त अमर सशस्त्र प्रहरी तथा कर्तव्य पालना गर्ने सिलसिलामा ज्यान गुमाउने सशस्त्र प्रहरीका सन्तानहरुलाई छात्रवृत्ति, निजका परिवारलाई सीपमूलक तथा आयमूलक तालिम प्रदान र आर्थिक सहयोग प्रदान गर्दै आएकोसमेत बताइन् ।

सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै भारतीय सीमावर्ती क्षेत्र घुस्कीका जनताको स्वास्थ्यमा पहुँच नपुगेका र स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउनमा सशस्त्र प्रहरीको पनि योगदान भएकाले यस क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले तराईको दुर्गम क्षेत्रको रुपमा रहेको हरिनगर गाउँपालिकाको वडा नम्बर–६ घुस्कीलाई मुलुकभर चिनाउनका लागि यस क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए । यस क्षेत्रको पहिचानका लागि आफूले घुस्कीमा नै निःशुल्क स्वास्थ्य शिविर राखेको र यसबाट लाभ लिनका लागि सबैलाई अनुरोध गरेका थिए ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीकै आँखाका डा. मीना कुँवर जोशी, गाइनोका डा. सौजन्य कर्माचार्य, फिजिसियन डा. रोशनकुमार झा, इएनटीका डा. सुभाष विक, मेडिकल अफिसर डा. बिगिसा बस्नेत, श्रीराम केसी र अर्जुनकुमार यादवले पाँच सय १४ जना सर्वसाधारणहरुको चेकजाँच गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल एपिएफ अस्पताल बलम्बु, बिर्तामोड डाइग्नोस्टिक एन्ड पोलिक्लिनिक धरान, हरिनगर गाउँपालिका, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घुस्की बजार व्यवस्थापन समिति हरिनगर, सुनसरी ओखती धरान र एनएमएचआरए विराटनगरले सहयोग गरेका छन् ।

कार्यक्रममा प्रदेश १ सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सम्झना राणा दाहाल, प्रदेश १ का बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, महिला संघकी केन्द्रिय सहकोषाध्यक्ष लक्ष्मी श्रेष्ठ पोखरेल, हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्का, वडाध्यक्षहरु नसिर खाँ र इसराईल अन्सारी, घुस्की स्वास्थ्य प्रमुख रानी खातुन,लगायतको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Tags: निःशुल्क स्वास्थ्य शिविरप्रहरीका सन्तानहरुलाई छात्रवृत्तिबृद्धा आश्रमलाई सहयोगसशस्त्र प्रहरी परिवारसशस्त्र प्रहरी परिवार महिला संघहरिनगर गाउँपालिका घुस्की
Share29Tweet18SendScan
Previous Post

एलन फिसर : सामान्य देखिने जटिल समस्याबाट कसरी बच्ने ?

Next Post

हरिनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
हरिनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

हरिनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In