इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक उपाध्यक्ष कप विद्यालयस्तरीय छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु बिहीबारदेखि सुरु भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर–४ स्थित हरिनगरा माध्यमिक विद्यालयमा जकात फाउन्डेसन नेपाल हरिनगर–६ सुनसरीको आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा पहिलो पटक उपाध्यक्ष कप विद्यालयस्तरीय छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको होे ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयस्तरीय छात्राहरुको सर्वाङ्गिण विकासका लागि पालिकामा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष अन्सारीले विद्यालयस्तरीय ब्याडमिन्टनले बालबालिकाहरुलाई खेलकुदमार्फत् अगाडि बढाउन खाजेको बताए ।
उनले ब्याडमिन्टन खेल लोप हुन थालेपछि यस क्षेत्रका बालबालिकाहरुलाई खेलकुदमा चासो बढाउन र खेलाडी उत्पादन गर्न जरुरी रहेकाले यो प्रतियोगितालाई प्राथमिकतामा राखी आयोजनासमेत गरेको उनले बताए ।
हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले पालिकाले विकाससँगै शिक्षा, स्वाथ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेर अघि बढेको बताए । खड्काका अनुसार पालिकाले नयाँ–नयाँ योजना बनाई पालिकाका जनतालाई अनुभूति गराएर सबै क्षेत्रमा सचेतना फैलाउने प्रयास गरेको बताए ।
खेलकुदबाट बालबालिकाहरुको विकासका निम्ति खेलकुद आवश्यक रहेको बताउँदै खड्काले प्रतियोगितामा सहभागीहरुलाई जितको अग्रिम शुभकामनासमेत दिएका थिए । हरिनगर गाउँपालिकाका शिक्षा शाखा तथा कार्यपालिका सदस्य सुशील ठाकुरले पालिकाले विगतको दिनमा खेलकुदलाई प्राथमिकतामा राखी आयोजना गर्दै आएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले ब्याडमिन्टन प्रतियोगितालाई पनि प्राथमिकतामा राखी यसपटक पालिकाले पहिलो पटक सुरुवता गरेको बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतको अध्यक्षतामा पालिकाका सुजन ढुङ्गेल, शिक्षाका शाखाका प्रमुख गुणराज ढकाल, शिक्षा शाखाका अजितकुमार मल्लिक, बालकृष्ण माविका प्रअ नजामुदिन अन्सारी, हरिनगर माविका शिक्षक सत्यनारायण मेहता लगायतको उपस्थिति रहेको थियो ।
हरिनगर मावि र बालकृष्ण माविका छात्राहरुबीच भएको उद्घाटन खेलमा हरिनगर मावि बिजेता भएको छ । यसरी नै बिलपति ऐकेडेमी र बालकृष्ण माविका कक्षा ९ र १० का छात्राहरुबीच ब्याडमिन्टन प्रतियोगितामा बालकृष्ण माविका छात्राहरु विजयी भएका छन् ।
शुक्रबार भने होली लाइफ स्कुल र हरिनगर माविका कक्षा ९ र १० तथा जनता मावि र श्रीमाविबीच खेल हुने आयोजकले जनाएको छ ।