इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–४ को बासुकीनाथ कृषि सहकारी संस्था लिमिटेडको छैठो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आफनो वितिय तथा लेखा परीक्षण प्रतिवेदन र आय व्यय पास पारित गर्दै शेयर सदस्यहरुलाई विरुवा समेत वितरण गरेको छ ।
सहकारीले आफनो वार्षिक आय व्यय प्रस्तुत गर्दै सहकारीको माध्यमबाट हरिनगर क्षेत्रका चार सय ८० जना शेयर सदस्यहरुलाई संगठित गरेको जनाएको छ । साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार संचालक समितिमा २५ जना रहेको र शेयर रकम २२ लाख ६३ हजार आठ सय रुपैयाँ रहेको छ ।
सभामा दिएको जानकारी अनुसार बचत निक्षेपमा एक करोड चार लाख ६१ हजार चार सय ६९ रुपैयाँ रहेको छ । नविन कुमार पालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा आफनो सम्पूर्ण विवरण सार्वजनिक गरेको थियो भने सहकारीको उत्पादन बृद्धिमा लगानी गर्नुपर्ने जोड दिएको थियो ।
साधारण सभामा दिएको जानकारी अनुसार तीन करोड ८९ लाख ५४ हजार दुई सय १९ रुपैयाँ १८ पैसा आय व्यय प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गरिएको छ । संस्थाको ऋण लगानी ९४ लाख ५५ हजार नौ सय ३७ रुपैयाँ रहेको जनाएको छ ।
साधारण सभामा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले हरिनगर क्षेत्रमा रहेका सबै सहकारीहरुलाई विकासको नमूना कार्य गरेर चिनाउनु पर्ने आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अन्सारीले विकासमा सहकारीको पनि योगदान हुनुपर्ने जोड दिएका थिए । पालिकाको विकास र समृद्धिमा पनि भूमिका खेल्नुपर्ने आवश्यक रहेको उनले बताए ।
कर्यक्रममा हरिनर पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत,शिक्षा शाखाका अजित कुमार मल्लिक, जिल्ला सहकारी संघका रमानन्द मेहता, ४ नम्बरका वडाध्यक्ष सुदीलाल मेहता, वडा सदस्य राजेश पाल, नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।