Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

सिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७७
in साहित्य
सिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा एक वर्षअघि गठन भएको सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको आठौ श्रृखला सम्पन्न भएको छ । गीत, गजल, कविता र लघु नाटकसहित आठौ श्रृंखला इनरुवा–२को सत्य संसार साप्ताहिक पत्रिकाको समन्वय तथा संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार तथा पत्रकार पवन रौनियारले बालविवाहविरुद्धको नाटक प्रस्तुत गरेका थिए भने साहित्कार खखेराले मुक्तक प्रस्तुत गरेका थिए ।

साहित्यमा रुचि राख्ने ३० बढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार पुरुषोत्तम घिमिरे, कालीदास कोइराला, फडिन्द्रप्रसाद दाहाल, काव्यकार डम्भरुबल्लभ भण्डारी, यशोधा अधिकारी, जेनिस देव, कान्ता पोखरेल भट्टराई, टिका सिवाकोटी आचार्य, बिनिता दाहाल, चन्दन गुप्ता, छविनाथ रिजाल, गोपाल कोइराला त्यागी, प्रकाश मेहता अनुराग, विष्णु न्यौपाने, रमेन्द्रमुनि कोइराला, विष्णुुथापा मगरलगायतले रचना वाचन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, चन्दन गुप्ता, पत्रकार दिपेन्द्र यादव, अजमल हुसैन, असलम साफी, सत्य संसार साप्ताहिकका अरविन्द यादव, सुरज यादव, शिक्षक देवकृष्ण यादवलगायत सरोकारवालाको समेत उपस्थिति रहेको थियो ।

सिर्जनामा इनरुवाको आठौं श्रृंखला लिलानाथ सिलवालको अध्यक्षता र प्राज्ञ जीवनाथ पोखरेल पक्षीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा देशको समसामयिक अवस्थादेखि माया प्रीतिसम्मका कुराले भरिएका कथा, कविता, गजल र मुक्तकहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गायक प्रकाश अनुरागको मैथिली गीत ‘गै गोरी तोरा गालमे रङ लगावै दे’ गाएपछि कार्यक्रम हल नै गुञ्जयमान बनेको थियो । त्यस्तै पत्रकार तथा साहित्यकार पवन रौनियारको ‘एउटै व्यक्ति तीन पात्र’को अभिनयमा सबै चकित हुँदै गडगडाहट तालिले साथ दिएका थिए ।

कवि तथा शिक्षक लिलानाथ सिलवालको ‘माया ल्याउने भन्थी’ गजलमा ८२ वर्षका साहित्यकार छविनाथ रिजालदेखि १४ वर्षका स्रोता सुरज यादवसम्म ताली बजाएर पेट मिचीमिची हाँसेका थिए । साहित्यकार तथा शिक्षक रमेन्द्रमुनि कोइरालाको ‘छोडी जानेलाई’ गजल प्रस्तुुत गरेपछि सहभागीहरुले तालीबाट स्वागत गरेका थिए ।

 

Tags: इनरुवाको आठौं श्रृंखलागजलसिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्नसुनसरी
Share20Tweet13SendScan
Previous Post

इनरुवाको पत्रकारिता व्यवस्थापन गर्छु : मेहता

Next Post

बासुकीनाथको साधारण सभा

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
बासुकीनाथको साधारण सभा

बासुकीनाथको साधारण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In