Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा गुञ्जियो ‘आईलभयु ओली’

राष्ट्रिय युवा संघद्वारा बृहत मोटरसाइकल र्‍याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ६, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा गुञ्जियो ‘आईलभयु ओली’
128
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पूर्वी नेपालको विराटनगरमा विशाल सभा शनिवार आयोजना गर्न लागेको ओली निकट नेकपाले दुई दिनअघि अर्थात बिहीबार सुनसरीका विभिन्न स्थानमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरी आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटीको आयोजनामा सुनसरीको इटहरीबाट सुरु भएको बृहत मोटरसाइकल र्‍याली इनरुवा बसचोक आई कोणसभामा परिणत भएको थियो ।

युवा संघले इटहरी र इनरुवाका विभिन्न क्षेत्रमा परिक्रममा गर्दै ओली पक्षीय विभिन्न नाराबाजी गर्दै इनरुवा बसचोकमा कोणसभामा परिणत भएको थियो । नारामा ‘आईलभयु’ ओली लगायत दर्जनभन्दा बढी नाराहरु प्रयोग गरिएको थियो ।

फागुन ८ गते हुने विराटनगरको बृहत आमसभाको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघ नेपालले इटहरी र इनरुवा परिक्रममा गर्दै बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । फागुन ८ गतेको बृहत आमसभामा सहभागी हुनका लागि युवा संघले प्रचारप्रसारका लागि बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको जनाएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सुनसरीका अध्यक्ष एवं केन्द्रीय सदस्य रेवतिरमण भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम स्वागतयोग्य रहेको बताएका छन् ।

अध्यक्ष भण्डारीले इमान्दार कार्यकर्ताहरु केपी शर्मा ओलीको समूहमा रहेको दाबी गर्दै बेइमान कार्यकर्ताहरु नेकपा–प्रचण्ड समूहमा लागेको बताए । देशको हितका लागि सदैव चिन्ता राख्ने र राष्ट्रियता जोगाउन भूमिका खेलेकाले नेकपाभित्र अपच भएको उनले बताए ।

कोणसभाका प्रमुख अतिथि समेत रहेका भण्डारीले प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम बृहत आमसभामा ठूलो जनसागर ओर्लिने दाबी गरेका छन् । माधवकुमार नेपाल र पुष्पकमल दाहाल आफ्नै कारणले सडकमा गएको बताए ।
उनीहरुले नै पार्टी विभाजन गरेर ठूलो अपराध गरेको उनले बताए ।

बृहत आमसभामा सुनसरीबाट ऐतिहासिक सहभागिता हुने दावी गर्दै उनले नेपालमा भएको आमसभाभन्दा ठूलो जनसागर ओर्लिनेसमेत बताए । फागुन ८ गते हुने बृहत आमसभा भएपछि नेपाल–प्रचण्ड समूहका नेता तथा कार्यकर्ताहरु घरमा चुप लागेर बस्ने र दौडधुप बन्द गर्नेसमेत जिकिर गरेका छन् ।

उनले भने, ‘इमान्दार कार्यकर्ताहरु ओली समूहमा बस्छन् र बेइमान नेता तथा कार्यकर्ताहरु नेपाल–प्रचण्ड समूहमा जानेछ । सुनसरी जिल्ला नेकपाको लालकिल्ला हो,’ उनले भने, ‘फेरि पनि रहनेछ ।’ नेकपा–प्रचण्ड समूहका नेताहरु टिकट बेचेर खानेहरु मन्त्री हुँदा भ्रष्टाचार गर्नेहरु लुकेर उता जालान् तर इमान्दार कार्यकर्ताहरु ओली समूहमा नै रहने उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव देवानन्द मेहताले नेपाल कम्युनिस्ट पार्टी फागुन ८ गतेको बृहत आमसभाबाट स्थापित हुने बताए ।

केन्द्रीय सचिव मेहताले नेपाल–प्रचण्ड समूहले पार्टी विभाजन गरेर ठूलो गल्ती गरेको हुँदा वैशाखमा हुने मध्यावधि चुनावबाट उनीहरुलाई जनताले सखाप पार्ने विश्वास व्यक्त गरे ।

सुखी नेपाली समृद्ध नेपालको पक्षमा उभिन जनतालाई आग्रह गर्दै वैशाखमा हुने चुनावमा सहभागिता जनाउन आग्रहसमेत गरेका छन् । सूर्य चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहनेसमेत उनले दावी गरेका छन् ।

कार्यक्रम नेपाल राष्ट्रिय युवा संघ नेपाल सुनसरीको संयोजक अरुण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा युवा संघ सुनसरीका सहसंयोजक पुकार पोखरेल, जिल्ला सदस्य रमेश कुमार यादव, युवा नेता रितिक यादव लगायतका हजार बढीको सहभागिता रहेको थियो ।

Tags: आईलभयु ओलीनेपाल–प्रचण्ड समूहबृहत मोटरसाइकल र्‍यालीराष्ट्रिय युवा संघ नेपालवैशाखमा हुने चुनाव
Share51Tweet32SendScan
Previous Post

आईपीएल मिनी अक्सन आज : नेपालको नजर सन्दीपमा

Next Post

ज्येष्ठ नागरिकलाई सम्मान गरिने

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
ज्येष्ठ नागरिकलाई सम्मान गरिने

ज्येष्ठ नागरिकलाई सम्मान गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In