इनरुवा । निरौला बन्धु सेवा समाज क्षेत्रीय समितिले इनरुवा क्षेत्रभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । निरौला बन्धु सेवा समाज क्षेत्रीय कार्यसमिति इनरुवाले निरौला समुदायका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको हो ।
निरौला बन्धु सेवा समाजले फागुन ८ गते शनिबार राधाकृष्ण मन्दिर सेवा समितिको प्राङ्गणमा ८० वर्षभन्दा माथिका निरौला समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अध्यक्ष सूर्यकुमार निरौलाले जानकारी दिए ।
इनरुवा–३ को महेन्द्र चोकको राधाकृष्ण मन्दिरमा निरौला बन्धु समाजले बयोबृद्ध ज्येष्ठ नागरिकहरुको तथ्याङ्क संकलन गरी निरौला समुदायका ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन समारोह कार्यक्रमबीच सम्मान गर्ने निरौलाबन्धु सेवा समाज क्षेत्रीय समितिका अध्यक्ष निरौलाले बताए ।
निरौला बन्धु समाज एकीकृत भएर निरौला बन्धु समाजको हकहितका लागि गठन भएको र ऐतिहासिक काम गर्न लागेको समितिको सचिव तिलक निरौलाले जानकारी दिए ।
सो कार्यक्रमको प्रमुख अतिथि निरौला बन्धु सेवा समाज जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष भोलाप्रसाद निरौला र विशिष्ठ अतिथि इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता रहने आयोजकले जनाएको छ । निरौला बन्धु समाज क्षेत्रीय समितिको अध्यक्ष र सचिवको नेतृत्वमा कार्यक्रम हुन लागेको बताइएको छ ।