Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पूर्व अर्थमन्त्रीद्वारा वडा कार्यालय भवन शिलान्यास

सत्यनारायण मण्डलले गरे दुई कठ्ठा जग्गादान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ९, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पूर्व अर्थमन्त्रीद्वारा वडा कार्यालय भवन शिलान्यास
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–८ को वडा कार्यालय भवनको शिलान्यास पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गरेका छन् । पूर्व अर्थमन्त्री एवं निवर्तमान सांसद् कार्कीले एक कार्यक्रमकाबीच इनरुवा–८ डुम्राहाको वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

स्थानीय तहको निर्वाचन भएको साँढे तीन वर्षपछि इनरुवा–८ को वडा कार्यालय भवनको शिलान्यास भएको छ । साढे तीन वर्षको अवधिमा वडा कार्यालय भाडाको घरमा बसेर जनतालाई सेवा सुविधा उपलब्ध गराइरहेका छन् ।

आफ्नै वडा कार्यालयको भवनबाट सेवा प्रवाह गर्ने उद्धेश्यले लामो संघर्षपछि आइतबार पूर्व अर्थमन्त्रीले शिलान्यास गरेपछि वडावासी खुसी भएका छन् ।

वडा कार्यालय बनाउन इनरुवा–८ का सत्यनारायण मण्डलले दुई कठ्ठा निःशुल्क जग्गा उपलब्ध गराएका छन् । सत्यनारायण मण्डलको निःशुल्क जग्गादान गरेपछि वडा कार्यालयको भवन बन्ने तयारीमा जुटेको बताइएको छ ।

मण्डलले इनरुवा–८ डुम्राहाका जनतालाई समयमै सेवा प्रवाह गर्न र भाँडा तिर्ने रकमले विकासको काममा खर्च गर्न तथा इतिहासमा नाम लेखाउनका लागि खुसी भएर दुई कठ्ठा जग्गादान गरेको बताएका छन् ।

४० लाखभन्दा बढीको मूल्य बराबरको जग्गा उपलब्ध गराएको स्थानीयवासीको भनाइ छ । समाजसेवी सत्यनारायणले वडा कार्यालयबाट जनताको लागि काम गर्ने भएको हुँदा नयाँ पुस्ताले पनि सामाजिक कार्यमा भूमिका खेल्नुपर्ने आवश्यक रहेको बताए ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि कार्कीले जग्गादान गर्ने सत्यनारायण मण्डलको निकै नै प्रशंसा गरेका थिए । मण्डललाई मन्तव्यकै क्रममा खादा ओढार स्वागत गरेका थिए । कार्कीले वडा कार्यालयका लागि मण्डलले जग्गादान गरेर ठूलो योगदान गरेकाले कदर गरेको बताए । जग्गादानले अरुलाई प्रेरणा मिल्नेसमेत उनको कथन छ ।

वडा कार्यालय भवन बनेरमात्र हुँदैन, भवनलाई संरक्षण र सम्बद्र्धन गर्दै जनतालाई समयमै सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको छ,’ उनले भने ।

जनताको चाहना र हितअनुसार कदम अगाडि बढाउन आवश्यक रहेको कार्कीको भनाइ छ । ‘राजनीति व्यवसाय होइन,’ उनले भने, ‘राजनीति सेवा हो । राजनीति विकास निर्माणका लागि हो ।’

यो क्षेत्रको आवश्यकता ठानेर एडिबीबाट सडकका लागि सर्वे र डिपिआर गरिसकेको र माटो परीक्षणको क्रममा रहेको कार्कीले बताउँदै निकट भविष्यमा ७० करोडभन्दा बढीको लगानीमा राम्रो बाटो निर्माण हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले वडा कार्यालय भवनका लागि जग्गादान गर्ने सत्यनारायण मण्डलको हात्तीको भन्दा ठूलो छाती रहेको बताए । मेहताले खुला दिल भएका मण्डलले वडा कार्यालय भवनका लागि इमान्दारिताका साथ दुई कठ्ठा जग्गा उपलब्ध गराएको हुँदा ठूलो धर्म गरेको भन्दै प्रंशसा गरेका थिए । धर्ती रहुञ्जेल सत्यनारायणको नाम अमर रहनेसमेत उनले बताए ।

कला संस्कृति र रितिरिवाजलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताए । अर्काको कुरा काटेर नकारात्मक सोचबाट अगाडि बढेको हुनाले विचार संकीर्ण हुँदै गएपछि विकास नभएको जस्तो सर्वसाधारणलाई लाग्ने गरेको मेयर मेहताको भनाइ छ । ‘

समाज सबैले मिलेर बनाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने, ‘जग्गादान गर्ने मण्डलजस्तै समाज निर्माणमा भूमिका खेल्नुपर्ने अवसर प्रदान गरेमात्र असल समाजको निर्माण हुनेछ ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले गरीब तथा विपन्न परिवारका धेरैजसो व्यक्तिहरु नागरिकताबाट बञ्चित रहेकाले यस वडा कार्यालयले अ्हम भूमिका खेल्नुपर्ने बताए ।

नागरिकताबाट बञ्चित रहेको व्यक्तिहरुलाई सहयोग गरी जिल्ला प्रशासन कार्यालय सुनसरीसम्म पु¥याउनका लागि भूमिका खेल्न र कोही पनि नागरिकताबाट बञ्चित नहुनका लागि सबै सरकोकारवालाले सहयोग गर्नुपर्ने उनले बताए ।

इनरुवा–८ का वडाध्यक्ष रविन्द्रप्रसाद मण्डलले शिलान्यास भएको पाँच महिनाभित्र भवन निर्माण गरेर सेवा सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनतालाई छिटोछरितो सेवा प्रवाह गर्न यस भवनबाट सहयोग पुग्नेसमेत उनले बताए ।

इनरुवा–८ का वडा सचिव प्रदीप मण्डलले वडा कार्यालय भवनका लागि इनरुवा नगरपालिकाबाट २५ लाख र निवर्तमान सांसद् ज्ञानेन्द्रबहादुर कार्कीको संसद् कोषबाट १० लाख गरी ३५ लाख बराबरको लागतमा भवन बन्न लागेको बताए ।

सुनोज निरौलाले सञ्चालन गरेको कार्यक्रममा सुनसरी प्रहरीका प्रहरी उपरीक्षक कमल थापा, सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेल, जग्गादाता सत्यनारायण मण्डल, रविना राणा कार्की, विष्णु मण्डल, वडा सदस्य गफार अन्सारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Share30Tweet19SendScan
Previous Post

किराँत राई यायोक्खा इनरुवामा सुभाष

Next Post

अवैध रुपमा नेपाल ल्याउँदै गरेका कुखुरा नष्ट

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
अवैध रुपमा नेपाल ल्याउँदै गरेका कुखुरा नष्ट

अवैध रुपमा नेपाल ल्याउँदै गरेका कुखुरा नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In