मोरङ। उदयपुरको कटारी नगरपालिका ७ तकिया बस्ने २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेका छन् । आज दिउसो ३ बजे विराटनगर -१६ दुर्गा मन्दिर स्थितमा रपेश फुयाल चलाई ल्याएको को२ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाई ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला परेकोले टेम्पो सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...