इनरुवा । इनरुवा । नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को विषयगत मानव संसाधन समितिको सभापतिमा बीरेन्द्र साहलाई मनोनित भएका छन् ।
महासंघका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा बसेको कार्यकारीणी समितिको बैठकले २३ वटा विषयगत समिति मध्ये साहलाई मानव संसाधन समितिको सभापतिमा मनोनित गरेको हो ।
उधोग वाण्ज्यि संघ इनरुवाका अध्यक्ष समेत रहेका साहलाई महासंघको विषयगत समिति मध्ये मानव संसाधन समितिको सभापतिमा मनोनित गरेको महासंघले जनाएको छ ।
संस्थाको कामलाई छिटो छरितो र सरल बनाउनका लागि २३ वटा विषयगत समिति विस्तार गरिएको छ । साहले पाएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने बताएका छन् ।
व्यवसाहीहरुको हक अधिकारका लागि बिभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने मानव संसाधन समितिका सभापति साहले बताएका छन् ।
महासंघलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा समितिले महत्वपूर्ण योगदान पु¥याउन र गतिविधिहरुलाई क्रियाशिल बनाउनका लागि सहयोग पुग्ने महासंघका अध्यक्ष टिकाराम ढकालको विश्वास रहेको छ ।