Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in FEATURE, मुख्य खबर, स्वास्थ्य
दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थापित जिल्ला अस्पताल इनरुवामा राज्यले दिएको दरबन्दीअनुसार चिकित्सकको माग जनताले गरेका छन् ।

सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालमा ११ जना चिकित्सकको दरबन्दी भए पनि दुई जना मात्रै डाक्टर रहेको भन्दै स्थानीयले दरबन्दीअनुसारको चिकित्सकको व्यवस्था मिलाउन माग गरेका हुन् ।

चिकित्सक अभावका कारण इनरुवा अस्पतालले नागरिकलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेको भन्दै दरबन्दीअनुसारको डाक्टरको व्यवस्था मिलाउन शनिबार इनरुवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले माग गरेका हुन् ।

इनरुवा अस्पताल सुधारका लागि इनरुवा अस्पताल सुधार संघर्ष समितिले शनिबार आयोजना गरेको बृहतअन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले ११ जना चिकित्सकसहित ५९ जनाको दरबन्दी भएको अस्पतालमा २८ जना मात्रै कर्मचारी रहेकाले दरबन्दीअनुसार चिकित्सकसहित कर्मचारीहरुको पदपूर्ति गर्न माग गरेको छ ।

इनरुवा अस्पतालले इनरुवा नगरपालिकाका साथै भोक्राहा नरसिंह, हरिनगर गाउँपालिका, देवानगंज गाउँपालिका कोसी गाउँपालिका, गढी गाउँपालिका लगायतका क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आएको भए पनि विशेषज्ञ चिकित्सकको अभाव र अस्पतालमा देखिएको अव्यवस्थापनका कारण अहिले इनरुवा अस्पतालप्रति सेवाग्राहीको गुनासो बढ्दै गएको छ ।

इनरुवा अस्पतालमा दैनिक रुपमा बिरामीको चाप अत्यधिक हुने गरे पनि अस्पतालमा लामो समयदेखि चिकित्सक अभाव रहेकोले सेवाग्राहीले निकै सास्ती व्यहोर्नुपरेको सो कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले गुनासो गरेका छन् ।

अस्पताललाई सुधार गर्ने उद्देश्यले गठित अस्पताल सुधार संघर्ष समितिका संयोजक दीलिप साहले अस्पतालमा राजनीति हावी भएको कारण अस्पतालको प्रशासनदेखि आर्थिक तथा व्यवस्थापकीय क्षेत्र लथालिंग बनेको आरोप लगाए ।

इनरुवा अस्पतालमा दरबन्दी अनुसारको दक्ष चिकित्सक र जनशक्ति अभावलाई पूर्तिका गर्नका लागि अस्पताल व्यवस्थान समिति, प्रदेश सरकार र स्थानीय सरकार उदासिन बनेकाले जनताले स्वास्थ्य उपचारका लागि धरान–विराटनगर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै इनरुवा अस्पतालका पूर्व चिकित्सक बालकृष्ण साहले अस्पतालमा देखिएको समस्यालाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयमा अस्पताल व्यवस्थापन समिति र स्थानीयबासीहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।

इनरुवा अस्पतालबाट नागरिकले कसरी चौबीसै घन्टा सहज, सुलभ, छिटो र गुणस्तरीय सेवा पाउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

Tags: इनरुवाइनरुवा अस्पतालइनरुवा अस्पताल सुधारइनरुवा नगरपालिकादरबन्दी
Share18Tweet11SendScan
Previous Post

लौकहीमा गुप्ता र पौदारको भिडन्त

Next Post

धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार

धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In