पवन रौनियार
लौकही। उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष पदमा रामनारायण पौदारलाई पछार्दै विश्वेश्वरप्रसाद गुप्ता विजयी भएका छन् ।
उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष पदमा गुप्ताले एक सय २० मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी रामनारायण पौदारले ९७ मत ल्याएर पराजय भोग्नु परेको छ ।
सोमबार सम्पन्न भएको निर्वाचनमा दुई सय ३८ मतदाता रहेकोमा दुई सय १९ मतदाताले मतदान गरेका थिए । जसमा दुई मत बदर भएको निर्वाचन समितिको संयोजक गिरीराज अटलले जानकारी दिएका छन् ।
त्यसैगरी सचिव पदमा रोशनीकुमारी मेहता ९यादव० ले एक सय २२ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी सत्यवान मण्डल ९सुमन०ले ९५ मत ल्याएर पराजय भोग्नु परेको छ ।
साधारणसभा भएको दिन अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि सोमबार निर्वाचनले मिति घोषणा गरेको थियो । सोहीअनुसार उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष र सचिव पदमा निर्वाचन भएको र अरु पदहरुमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचित भएका अध्यक्ष गुप्ताले लोकतान्त्रिक पद्दतिबाट आफू विजयी भएकाले सबै मतदाताहरुलाई धन्यवाद दिएका छन् । वाणिज्य संघमा आबद्ध रहेका व्यापारीहरुको हक अधिकारका लागि आफूले निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । व्यापारीहरुको विश्वासलाई कुठरघात नगर्ने र सदैव यस क्षेत्रका व्यापारीहरुको आवाज बन्ने उद्घोषसमेत उनले गरेका छन् ।
उपाध्यक्ष पदमा चन्दनकुमार यादव निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्षमा विनोदकुमार यादव चयन भएका थिए । सदस्यहरुमा अर्जुन मेहता, दीलिप झा, दानालाल यादव, नारायण साह, प्रमोदकुमार साह, राजीवप्रसाद गुप्ता, लक्ष्मीनारायण शरण निर्विरोध निर्वाचित भएकोे निर्वाचन समितिले जनाएको छ ।