Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनता माविको भवन शिलान्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेविसंघद्वारा क्याम्पस प्रमुखलाई ज्ञापनपत्र
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनता माध्यमिक विद्यालय गौतमपुरमा भवन निर्माणका लागि शिलान्यास गरेका छन् । हरिनगर गाउँपालिका–३ को जनता माध्यमिक विद्यालयमा दुई तले चार कोठे भवनको शिलान्यस एक कार्यक्रमका बीच उनले शिलान्यास गरेका हुन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुगाएकाले शिक्षा क्षेत्रमा फड्को मारेको बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले जनता माध्यमिक विद्यालयमा एक वर्ष अघि नै भवन बनाउने घोषणा गरेका थिए । एक वर्षपछि शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘थप भवन बनाउँछु भनेर एक वर्ष अघि घोषणा गरेको वचन पूरा भएको छ ।

विकास गर्न आएकाले म सबै क्षेत्रलाई समेटेर अगाडि बढेको छु । पालिकाभित्र चारवटा माविहरुलाई स्तरोन्नति गर्दै लैजाने छु ।’ गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु भएकोसमेत उनले बताए । अध्यक्ष अन्सारीले चार वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गरेका थिए ।

पालिकाभित्र केही कमजोरी भए आफूलाई सरसल्लाह सुझाव दिन उनले अनुरोध गरेका थिए । राम्रो कामको प्रशंसा गर्नुको साट्टो गलत प्रचारवाजी गर्न केही तत्वहरु सक्रिय भएकाले सर्वसाधारणहरुलाई सचेत रहनसमेत उनले उद्घोष गरेका छन् । विकास गतिविधिले हरिनगर गाउँपालिकाको मुहार फेरिएको उनले ठोकुवा गर्दै शिक्षा क्षेत्रमा पनि ठूलो परिर्वतन ल्याएको दावी समेत अध्यक्ष अन्सारीले गरेका छन् ।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

जनता मावि गौतमपुरमा विद्यालय व्यवस्थापन समिति गठन गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उपाध्यक्ष भगतले बताइन् ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरेका थिए । सकारात्मक सोचको विकासबाट नै समाजको उन्नित र प्रगति हुन सक्ने भएको हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा अधिकृत खड्कले जोड दिएका थिए । दुई तल्ले चार कोठे भवन निर्माण कार्यमा सरोकारवालाहरुले चासो देखाउनुपर्ने उनले बताए ।

विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएकाले अभिभावकहरुले पनि असल भूमिका निर्वाह गर्न आवश्यक रहेकोसमेत उनले बताए । उनले भने, ‘मातृभाषालाई जर्गेना गर्नु आवश्यक छ ।

अंग्रेजी भाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने गरेकाले सानो कक्षादेखि नै सिक्न र सिकाउन जरुरी छ ।’ हरिनगर गाउँपालिका शिक्षा शाखाका अजितकुमार मल्लिकले लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन गर्न नसक्नु दुर्भाग्यको कुरा भएको बताए ।

विद्यालयलाई राजनीतिक अखडा बनाई निस्वार्थ भावनाले छिटोभन्दा छिटो विद्यालयले अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन गर्न सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस हरिनगर गाउँपलिकाका सभापति शिवहरि श्रेष्ठ, प्रधानाध्यापक बलराम मण्डल, कांग्रेस नेता सत्यनारायण मेहता, स्थानीय नेता नन्दी मेहता, शिक्षा शाखाका सदस्य सुशील कुमार ठाकुरलगायतले जनता माध्यमिक विद्यालयका अभिभावकहरु एकजुट भएर विद्यालय व्यवस्थापन समिति गठन गर्न जोड दिएका थिए ।

दुई तले चार कोठे भवन ५७ लाखको लागतमा आविद निर्माण सेवा इनरुवा–२ ले ठेक्का पाएको छ । समय अवधिमा काम सकिने र गुणस्तरीय काम गरेर देखाउने निर्माण सेवाका रियाज अन्सारीले बताए ।

हरिनगर गाउँपालिका–३ का वडाध्यक्ष अरविन्द मेहताको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनता माविका प्रध्यानाध्यापक सुरेश मेहताले पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, हरिनगर–३ का वडाध्यक्षलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Tags: जनता माध्यमिक विद्यालयजनता माविभवन शिलान्यासहरिनगर गाउँपालिकाहरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ
Share25Tweet16SendScan
Previous Post

नेविसंघद्वारा क्याम्पस प्रमुखलाई ज्ञापनपत्र

Next Post

पत्रकार यादव र रौनियार सम्मानित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पत्रकार यादव र रौनियार सम्मानित

पत्रकार यादव र रौनियार सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In