इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा लौकही उद्योग वाणिज्य संघले पत्रकारद्धोय जयकृष्ण यादव र पवन रौनियारलाई सम्मान गरेको छ । बुधबार लौकही उद्योग वाणिज्य संघले पाँचौ कार्य समितिको पदभार ग्रँहण कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता यादव र सत्यसंसार साप्ताहिकका रौनियारलाई उद्योग, पर्यटन र व्यवपारीहरुको पक्षमा संचारमाध्यमबाट समाचार र लेख प्रकाशन गरि योगदान गरेको भन्दै सम्मान गरेको हो ।
पत्रकारद्धोय यादव र रौनियारलाई कार्यक्रमका विषेश अथिति कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता यादवले सम्मान पत्रका साथ सम्मानित गरेकी हुन् । कार्यक्रममा लौकही उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अरुणकुमार यादव, सचिव सत्यवान मण्डल(सुमन) र कोषाध्यक्ष विनोद यादव सहित पूर्व सभासद सविता यादव र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी सहितको उपस्थिती रहेको थियो ।