Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह

इनरुवा कांग्रेसलाई प्रशिक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७७
in FEATURE, मुख्य खबर
नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह
78
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिले प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेसले संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत सोमवार प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

पार्टी जिल्लाको प्रत्येक पालिका र वडा तहसम्मै आफनो प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला गर्ने क्रममा इनरुवा नगर समितिले समेत भेला सम्पन्न गरेको नगर सचिव धिरज भट्टराईले बताए । भट्टराईका अनुसार नगर सभापति तथा नगर सदस्य सहितको उपस्थितीमा भेला कार्यक्रम सम्पन्न गरेको हो ।

सम्पन्न भेलालाई सम्वोधन गर्दै इनरुवा नगरप्रमुख राजन मेहताले पार्टी नगर क्षेत्रको विकास र जनहितमा काम गर्दै आएकोले त्यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मेहताले कांग्रेसको काम हेरेर केही विपक्षीहरु आतिएकाले त्यसमा पार्टीका नेता तथा कार्यकर्ताहरुले आफूले गरेको कामको यथार्थ मूल्याङ्कन गर्न आग्रह गरें ।

उनले इनरुवा नगर क्षेत्रको विकास विगतको तुलनामा आफनो नेतृत्वमा सयौ गुणा बढी विकास भएकाले यो कुरा प्रत्येक नागरिकको घरघरमा जानकारी गराउन पार्टी कार्यकर्ताहरु सक्रिय हुन जरुरी रहेको समेत बताए । प्रशिक्षण तथा भेलामा नगर क्षेत्रका पदाधिकारी र १० वटै वडाका वडा सभापति सहित दुई सय ५० बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस वडा नम्बर–३ का वडा सभापति सुनोज निरौलाले बताए ।

निरौलाका अनुसार प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई पार्टीको संशोधित विद्यान, नीती तथा कार्यक्रम र पार्टीको विकासमा भूमिका विषयमा प्रशिक्षक वीरेन्द्र साहले प्रशिक्षण दिएका थिए । अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममा नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिले आफनो संगठन विस्तार गर्दै मनोनित सदस्यहरु थप गरिएको छ ।

थप गरिएका मनोनित सदस्यहरुमा चन्दा रिजाल, मधु रिजाल, कमला रिजाल, मिलन पौडेल, सत्य यादव, रिमा सुवेदी, हिमा सुवेदी दुलाल, सुशिला बस्नेत, अरविन्द केसी, निर्मला सुवेदी, सकुन्तला दुलाल सहित २२१ समिति विस्तार गरिएको युवा नेता तथा वडा नम्बर–३ का सभापति निरौलाले जानकारी दिएका छन् ।

यसैबीच जिल्लाका १२ पालिकाको एक सय २४ वडा मध्ये सोमवार सम्ममा ५९ वटा वडामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको पार्टीले जनाएको छ । पार्टीका प्रशिक्षक वीरेन्द्र साहका अनुसार प्रत्येक वडाका पार्टी वडा सभापति, नगर/गाउँ सभापति सहित पदाधिकारीहरुलाई प्रशिक्षण गरिएको छ । प्रशिक्षण अन्र्तगत दुहबी, बर्जु, इनरुवा,गढी सहितका पालिका र वडाहरुमा प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न भएको छ ।

 

Tags: इनरुवा नगरप्रमुख राजन मेहतानगर विकासनेपाली कांग्रेसप्रशिक्षण
Share31Tweet20SendScan
Previous Post

सुनसरीका तीन पत्रकार सहित प्रधान सम्मानित

Next Post

कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा:कार्की

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा:कार्की

कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा:कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In