Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

कथा : जन्मघरको माया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७७
in साहित्य
कथा : जन्मघरको माया
51
SHARES
Share on FacebookShare on Twitter

घर त्यही हो, जहाँ जीवनको सुरुवात हुन्छ । आफ्नाहरुले चिन्छन् । हरेक भित्ता, हरेक झ्याल, ढोका सानैदेखि चिनेको महसुस हुन्छ । यस्तो लाग्छ, सायद यही घर नै आफू जन्मन योग्य थियो ।

बुबाले कहिले पनि बेच्न नचाहेको त्यो घर, हामी सधैँ बेच्नमा नै जोड दिन्थ्यो । पुरानै भए पनि एक दुई परिवार बहालमा बस्थ्यो । जे होस् बुबा खुसी हुनुहुन्थ्यो घर बेच्नु नपरेकामा । त्यसबाट आउने पैसाले हामीलाई केही गर्न पुग्ने त हैन तैपनि त्यो एउटा घर हेरविचार गर्ने मानिस त्यहाँ भएकामा बुबा खास खुसी हुनुहुन्थ्यो ।

मलाई सम्झना छ, हामीले जब नयाँ घर बनाउन सुरु गरेको थियौँ, बुबाबाहेक सबै धेरै खुसी थिए । सानो म, मेरी दिदी अनि आमा, विशेष म र दिदी नयाँ घरमा आफ्नो आफ्नो छुट्टै कोठा सिँगार्ने सपना बुन्थ्यौँ । आमा आफ्ना नातागोतासामु आफ्नो रवाफ जमाउने सपनामा मस्त थियो ।

तर बुबा आफ्नो पुख्र्यौली घर कसरी छोड्ने भनेपछि सधैँ अलि बढी चिन्तित र दुःखी जस्तो देखिनुहुन्थ्यो । आफू जन्मे, हुर्के, खेलेको घर, विवाह गरेर आमालाई भित्र्याउनुभएको । त्यो घरसँग बुबाको सबै सन्तानलाई जन्म दिएको एउटा ठूलो सम्झना र घनिष्टता थियो । त्यस घरमा जिन्दगीका ५० औँ वर्ष काटिसकेको बुबालाई सायद अहिले उमेरको उत्तरार्द्धमा छाडेर जाने मन सायद थिएन । तैपनि सन्तानको खुसी, श्रीमतीको ढिपी र नयाँ घर सबैको चाहना, त्यो विवशताले बुबा चुप नै रहनु हुन्थ्यो ।

हुन त हामी पनि त्यही घरमा जन्मेको थियौँ । तर बुबाको जस्तो लामो समय त्यहाँ बिताएका थिएनौँ ।

नयाँ घर हाम्रो चाहना थियो, सपना थियो र शान थियो । त्यसैले हामी निकै दङ्ग थियौँ । आमा पनि खुशी हुनुहुन्थ्यो ।

तर बुबा नयाँ घरमा आइसक्दा पनि बढी समय पुरानो घरको देखभालमा नै बिताउनुहुन्थ्यो । ठूलो झरी होस् वा आँधीबेहरी, बुबालाई पुरानो घरको चिन्ताले नै बढी सताउँथ्यो ।

‘कतै छानो उडायो कि, कतै पर्खाल भत्कियो कि ?’

यस्तै यस्तै चिन्तामा बुबाको रात काट्थ्यो ।

सुरुमा सर्ने बेलामा पुरानो घरमा बस्ने कोही भएन । बहालमा बस्ने मान्छे भेटिसकेको थिएन । दिनभरि बुबा अफिस, हामी नयाँ घरमा बसे पनि बेलुका पुरानो घर कुर्न र हेरचाह गर्न बुबा जानुहुन्थ्यो ।

हामीले जानु पर्दैन भन्दा बुबा मान्नु हुन्नथ्यो । घर खालि राख्नुहुन्न भन्नुहुन्थ्यो । पछि घर बहालमा लिने मान्छे आइसकेपछि जान छोड्नुभयो ।

जसरी एउटा परदेशमा कर्म थलो बनाई घरजम गर्नेलाई सधैँ आफ्नै देशको माटो र सम्झनाले सताइरहन्छ । त्यस्तै जीवनको अन्तिम समय मात्र भए पनि आफ्नै देशमा बिताउने सोच हुन्छ । परदेशमा नै जन्मेका आफ्ना सन्तानमा त्यो चाह र त्यो तृष्णा हुँदैन । किनभने उनीहरुका लागि आफ्नो जन्मस्थान र बाल्यकाल बिताएको ठाउँ नै प्यारो हुन्छ । उनीहरुलाई त्यहीँको बढी माया हुन्छ । आफ्नो बुबा जन्मेको ठाउँ र देशको हँुदैन ।

हाम्रो घरपरिवारमा पनि त्यही भइरहेको थियो । हामी नयाँ घरको कोठा, आँगन, सजाउनमा, सिँगार्नमा व्यस्त थियौँ । हाम्रो खुसीको सिमाना थिएन । तर बुबामा त्यस्तो खुसी खासै झल्किएको देखिन्नथ्यो ।

यस्तै तरिकाले दिन बित्दै गए । बुबा पुरानो घर गइराख्नु हुन्थ्यो । त्यहीँको वातावरणमा हराइराख्नुहुन्थ्यो । सधैँ पुराना दिन सम्झेर खुसी हुन्थ्यो । त्यहाँ बहालमा बस्नेहरुसित पुराना कुरा गरिराख्नु हुन्थ्यो । जति जति बुढेसकाल नजिक आउँछ त्यति त्यति बाल्यकालको सम्झना निकै चहकिलो भएर आँखा अगाडि आउँछ भन्दै बुबा पुरानो सम्झनामा हराउनुहुन्थ्यो । आहा ! यो टोल, यो ठाउँ कति स्वच्छ थियो त्यतिबेला । हामी दगुर्ने, खेल्ने, सुकुलमा बसेर भोगटे साँधेर खाने, नुहाएर टाउको मा तेल लगाएर घाममा बस्ने, सबै छिमेकी आफ्नै जस्तो, सबैमा माया स्नेह उत्तिकै, कहिले कसको घर गएको छ कहिले कसको । मकै भटमास र गुन्द्रुकको त्यो स्वाद, कति ठूलाठूला रूखहरु, कति शीतल हावा चल्थ्यो । गाडी निकै कम गुड्थे सो बाटोमा खेल्न केही कठिनाइ थिएन । बुबा सधैँ भनिराख्नु हुन्थ्यो । जीवनको यो घडीमा अतीत मात्र हाम्रो जिउने आधार हुन्छ, अरू केही हुन्न भन्नु हुन्थ्यो ।

जबकि आमा र हामी यतै खुसी र व्यस्त थियौँ । कतिचोटि घर किन्ने मान्छे आए । बुबाले मान्नु भएन । कहिले आमा र हामी निक्कै जोड दिन्थ्याँै । मेरो शेषपछि जेसुकै गर तिमीहरु तर म बाँचुन्जेल पुर्खाको नासो बेच्दिनँ ।

बुबाको यो जवाफले हामी चुप हुन्थ्यौँ । समय बित्दै गयो । बुबा बित्नु भयो । आमा बूढी हुनुभयो । हामी पनि सबै विवाहित भयौँ, सन्तान भए । सबैको सल्लाहअनुसार त्यो घर बेच्ने कुरा भयो– निकै पुरानो र ढलमलिएको अवस्थामा रहेको घर, बुबाको प्राणप्रिय घर, बुबाको पुर्खाको घर !

तर बुबा हुँदाजस्तो गाह्रो भएन बेच्ने बेलामा, हामीलाई बेच्यौँ । राम्रो दाम आयो । सबै खुसी थियाँै ।

समय बित्दै गयो । उमेर ढल्किँदै गयो । छोराछोरी हुर्किंदै गयो । थाहै नपाई समयले फड्को मार्यो । अहिले उनीहरुलाई यो घर पुरानो भयो रे ! बेचेर नयाँ घर जाने भनेर ढिपी गर्दैछन् दिनहुँ जस्तो । श्रीमती पनि यही जिद्दी गछिन् । एउटा नयाँ घर त लिनैपर्छ सब नातागोता हाउजिङतिर छन् । सुविधा सम्पन्न, हामी भने सधैँ यही पुरानो घरमा !

आजभोलि मन कताकता दुःखी छ । त्यही पुरानो कुरा फेरि एक पटक दोहोरिरहेको भान भइरहेको छ । हिजो जुन ठाउँमा बुबा हुनुहुन्थ्यो, आज त्यही ठाउँमा म छु । पुरानो घरको महत्त्व आज मैले बल्ल बुझेँ । किन मन मानिरहेको छैन । कसरी सम्झाउने यिनीहरुलाई आफ्नो जीवन व्यतित गरेको ठाउँ छोड्न कति गाह्रो हुन्छ ? आफ्नो सम्झनालाई छोडेर जान कति असहज हुन्छ ?

बुबाका प्रत्येक कुरा आज महसुस गरिरहेको छु ।

जीवनमा कति कुरा सोच्दै नसोची पाइराखेको हुन्छ । त्यसको हामीलाई खासै अर्थ हुन्न । जब त्यो गुमाउने अवस्था हुन्छ तब त्यो कुराको महत्त्व थाहा हुन्छ भन्ने बुझ्छौ ।

मैले अहिले के पनि बुझेको छु भने जीवनमा अगाडि नबढी पुरानो कुराको महत्त्व हुन्न । सम्झना बनाउन ती कुरा अतीत बनाउन जरुरी छ ।

सायद जीवनको नाम त्यही हो, जहाँ आफ्नाहरुको खुसीका लागि आफ्ना कयौँ खुसीको तिलाञ्जली दिनुपर्ने । एकएक गरी जोड्दै गएका कुरा, एक एक गरी फेरि बिस्तारै छोड्दै पनि जानुपरेन । नयाँ कुरालाई आत्मसात गर्नुपर्ने हुनाले नै हामीले पुराना कुरा छोड्नुपर्ने भएको होला । यो नै जीवनको रीत रहेछ । सधैँ चलायमान रहने … । त्यही बुबाले गर्नुभएको रहेछ ।

र म पनि त्यही गर्ने छु ।

तर नयाँ घर पुगेर पनि मेरो माया, मेरो सम्झना, खुसी, मेरो नाता तिम्रो साथमा नै रहनेछ सधैँ सधैँ ।

श्रोत :रातोपाटी अनलाइन

Share20Tweet13SendScan
Previous Post

यी ११ खानेकुराले बढाउँछ प्रतिरोधी क्षमताः तुरुन्तै खानामा समावेश गर्नुहोस्

Next Post

लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In