इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । इनरुवाको लेखापढी व्यवसायी हलमा शनिबार सिर्जनामा इनरुवाको ९ औँ श्रृंखला समापन भएको छ ।
सिर्जनामा इनरुवा कार्यक्रमलाई निरन्तरता दिनका लागि महिनाको एक पटक साहित्यकारहरुलाई जमघट गर्ने र रचना वाचन गर्ने गरेका छन् । सिर्जनामा इनरुवाको ९ औँ श्रृंखलामा साहित्यकार डम्बरुबल्लभ भण्डारी, रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल, टिका मिलन, डा. दिवाकर रेग्मी, पुरुषोत्तम घिमिरे, जयकृष्ण यादव, भवानी पोखरेल, विमला पोखरेल, तारा खत्री, जीवनाथ नेपाल, शशीप्रसाद बजगाई, राधा सुवेदी, लिला आपागाँई, प्रकाश अनुराग, जेनिश देव, चन्दन गुप्ता, लिलानाथ कोइराला लगायतका ३७ जनाभन्दा बढी साहित्यकारहरुले आफ्नो रचना वाचन गेका थिए ।
कार्यक्रममा प्रमुख अथिति झोराहाट मोरङका भरत गुरागाँई (बरबरिक)ले साहित्यमा युवापुस्ताको आकर्षण गराउन जरुरी आवश्यक रहेको बताए । उनले साहित्य क्षेत्रमा युवापुस्ताले चासो र चिन्तन गर्नुपर्ने बताए ।