Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ११, २०७७
in FEATURE, मुख्य खबर
हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

वीरगञ्ज–ठोरी हुलाकी सडक अन्तर्गत शिकारीबास क्षेत्रको हुलाकी सडकमा सालको रुख राखेर गरिएको कालोपत्रे । तस्वीर : ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठको फेसबुकबाट ।

60
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् ।

यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि कैलालीलगायतका अन्य जिल्लामा पनि बीच सडकमा रुख छाडेर सडक कालोपत्रे गरिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापारबाही हुनु हास्यास्पद भएको स्थानीय वासिन्दा बताउँछन् ।

वीरगञ्जदेखि ठोरीसम्मको उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरी हुलाकी सडक आयोजना कार्यालयले दुई ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ ।

वीरगञ्जदेखि चमरीहोलसम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ ।

चमरीहोलदेखि ठोरीको चौतरासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनलाई दिइएको छ ।

बीच सडकमा रुख राखेर कालोपत्रे गरेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले ३० किलोमिटरमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम सकिएको दाबी गरेको छ ।

बाँकी ५ किलोमिटर सडक निर्माणको काम चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेका रोकिएको निर्माणकर्ता कम्पनीले जनाएको छ ।

सडकखण्ड क्षेत्रमा पर्ने रूख कटानका लागि पटक पटक इजाजत माग्दा निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्र गरिएको निर्माणकर्ता कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए ।

हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण बीच सडकमा रुख राखेर कालोपत्रे गर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

न्यौपानेका अनुसार ठोरी गाउँपालिका-३ स्थित शिकारीबास पुल नजिकै दुईवटा सालको रुखलाई बीच सडकमा पारेर कालोपत्रे गरिएको छ ।

त्यसैगरी वडा नम्बर २ स्थित व्यारेक डाँडामा पनि एउटा रुखलाई सडकको बीचमा पारेर कालो पत्रे गरिएको उनले बताए ।

न्यौपानेका अनुसार ठोरी गाउँपालिका अन्तर्गत वडा नम्बर १–४ सम्म गरी सडकखण्डमा पर्ने करिब डेढ दर्जन रुख काट्नुपर्नेछ ।

ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ भन्छन्, ‘चितवन राष्ट्रिय निकुञ्जको बफरजोन (मध्यवर्ती क्षेत्र) भएर सडक निर्माण भइरहेकोले त्यसलाई रोक्न निर्देशन दिएको छ । त्यसपछि वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित बनेको छ ।’

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बीच सडकमा रुख राखेर कालोपत्रे गर्नुका कारण र ५ किलोमिटर क्षेत्रमा काम रोकिनुको बारेमा हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर (डीई) दारोगाप्रसाद साहसँग जानकारी लिने काम भएको छ ।’

डीई साहले बीच सडकमा रुख राखेर कालोपत्रे गर्ने व्यक्तिको तीनपुस्ते जानकारी गराउन निकुञ्जबाट परिपत्र भएको र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएभन्दा बढी काम भएकोबारे पनि जानकारी माग गरेको जानकारी आफूलाई दिएको अध्यक्ष श्रेष्ठले बताए ।

निकुञ्जको उक्त परिपत्रपछि ठेकदार कम्पनी काम रोकेर फर्कन थालेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘शिकारीबास क्षेत्रमा कम्पनीले दुईवटा सालको रुख राखेर कालोपत्रे गरेको छ,’ उनले भने, ‘निकुञ्जले रुख कटानको अनुमति नदिएका कारण ठेकदारले बीचमै रुख राखेर कालोपत्रे गरेको बताएको छ । यसरी कालोपत्रे हुनु दुःखद् कुरा हो ।’

राष्ट्रिय गौरवको आयोजनामा यसो हुन नहुने बताउँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘राज्यले ध्यान नदिएकै कारण मैले फेसबुकमा सडकको फोटो पोष्ट गरेको हुँ ।’

सडकमै रुख राखेर कालोपत्रे गर्दा दुर्घटनाको जोखिम बढेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको बताए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस नगरी काम थालेका कारण सोबारे आयोजनासँग जानकारी माग गरेको उनले बताए ।

निर्माणाधीन उक्त सडकको केही भाग निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रूख कटानका लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने उनको भनाइ छ ।

काम प्रभावित

ठोरी गाउँपालिका वडा नम्बर २ र १ को करिब ५ किलोमिटर सडक निर्माणको काम तत्कालका लागि रोक्न चितवन राष्ट्रिय निकुञ्जले आयोजनालाई परिपत्र गरेको छ।

त्यसपछि काम रोकिएको वीरगञ्जस्थित हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर (डीई) दारोगाप्रसाद साहले जानकारी दिए ।

सडक निर्माणको काम रोकिएको बारे मन्त्रालय तथा विभागमा जानकारी गराइसकिएको उनले बताए ।

डीई साहले भने, ‘चमरीहोलदेखि ठोरीको चौतारासम्म पर्ने ३० किलोमिटर मध्ये करिब २५ किलोमिटरको काम सम्पन्न भइसकेको छ । ठोरी गाउँपालिका ३ र ४ को केही स्थानमा रुख पर्ने भएका कारण कालोपत्रे गर्न सकिएको छैन ।’

लापरबाही कसको ?

बीच सडकमा सालको रुख राखेर कालोपत्रे भएपछि यसको आलोचना भइरहेको छ । सडकको बीचमा रुख राखेर सडक निर्माण भएको हुँदा दुर्घटनाको जोखिम उच्च भएको स्थानीयहरु बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना मानिएको सडक निर्माणको यो अवस्था देखेर स्थानीयहरु हैरान छन् ।

राजमार्गको बीचमा रुख राखेर सडक कालोपत्रे गर्नु स्थानीय सरकारको कमजोरी रहेको नेपाली कांग्रेसका युवा नेता सन्तोष श्रेष्ठले बताए ।

उनले भने, ‘आयोजना निर्माणको क्रममा आइपर्ने समस्या समाधान गर्ने दायित्व स्थानीय सरकारको पनि हो । सम्बन्धित ठाउँसम्म पहल गर्न नसक्नु उसको अकर्मण्यता हो । अहिले आएर चितवन राष्ट्रिय निकुञ्जलाई देखाएर समस्यबाट भाग्न स्थानीय सरकार मिल्दैन ।’

सडक निर्माणमा त्रिपक्षीय रुपमा कमजोरी रहेको स्थानीयहरु बताउँछन् । हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको स्थानीयको भनाइ छ ।

श्रोत : अनलाईन खवर

Share24Tweet15SendScan
Previous Post

मोबाइल स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

Next Post

सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीद्वारा मृतक ॠण बिमितको ४लाख ८०हजार भुक्तानी

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीद्वारा मृतक ॠण बिमितको ४लाख ८०हजार भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीद्वारा मृतक ॠण बिमितको ४लाख ८०हजार भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In