इनरुवा । सुनसरीको इनरुवा–६ मधेशामा इनरुवा जेसीज र द राइजिङ्ग युथ क्लवको संयुक्त आयोजनामा ५० पिन्ट रगत संकलन गरेको छ । इनरुवा जेसीज र द राइजिङ्ग युथ क्लवको आयोजनामा रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
मुलुकमा रगत अभावका कारण सर्वसाधारणहरुको ज्यान गुमाउने गरेकोले इनरुवा जेसीज र द राइजिङ्ग युथ क्लवले समयमा रक्तदान कार्यक्रमको आयोजना गरेको इनरुवा जेसीजका अध्यक्ष संयम कोइरालाले बताए । कोइरालाले एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
रक्तदान गर्नेहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, द राइजिङ्ग युथ क्लवका अध्यक्ष नविन कार्की, कार्यक्रम संयोजक खेमराज थापा लगायतको सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ५० जनाले सेवा पाएको आयोजकले जनाएको छ ।