Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

ग्रामथानको संरक्षणका लागि पहल गरी दिन आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २८, २०७७
in समाचार
ग्रामथानको संरक्षणका लागि पहल गरी दिन आग्रह
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको थारु बाहुल्यता पालिकाहरुमा रहेका ग्रामथान पछिल्लो समय विभिन्न व्यक्तिहरुको अतिक्रमणका कारणले थारुहरुको पहिचान संग जोडिएको संस्कृतिको धरोहर नै नासिने हुँदा संरक्षणका लागि पहल गरी दिन आग्रह गरेका छन् ।

ग्रामथान संरक्षण समिति सुनसरीले शनिवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा थारुहरुको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरीहरु स्थानीय व्यक्ति तथा भूमाफियाले गर्दा संकटमा पारी रहेको हुँदा सरकारको ध्यानाकर्षण गर्न आग्रह गरेका हुन ।

आदिम काल देखि नै थारुहरुको आस्थाका धरोहर रहेको तथा जन्म देखि मृत्यु संस्कार सम्मका लागि धार्मिक स्थल ग्रामथानहरु पछिल्लो समयमा नेपाल सरकारले नै विभिन्न नियम कानून बनाएर बाटो घाटो सरकारी भवन, विद्यालय बनाउने नाउँमा अतिक्रमण बढेकाले संकटमा परेको ग्रामथान संरक्षण समितिका अध्यक्ष तेज नारायण चौधरीले बताउनु भयो ।

वहाँका अनुसार पछिल्लो समय विभिन्न व्यक्तिहरुले ग्रामथान नजिकै पाँच दश धुर जग्गा लिने र थानको जग्गा अतिक्रमण गरी आफ्नो जग्गामा समाहित गराई रहेको अवस्था छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरुको संरक्षण गर्ने भनी प्रष्ट व्यवस्था भए पछि स्थानीय तहका जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल कदमी उठाएको देखिदैन ।

रामधुनी ८ अर्ता स्थित रहेको ग्रामथान नजिक पछिल्लो समयमा विभिन्न व्यक्तिहरुले वरिपरि घडेरी जग्गा खरिद गरि बसोबास गर्दा थानको जग्गा समेत अतिक्रमणमा परेको स्थानीय पुजारी बद्री नारायण चौधरीले बताउनु भयो । वहाँका अनुसार ग्रामथानको एक कठा बढी जग्गाहरु स्थानीय संधियारहरुले आफ्नो जग्गामा समावेश गरी भोगी रहेका छन् ।

त्यसैगरी रामधुनी ४ विच्छुधामी ग्रामथान नजिक स्थानीय व्यक्तिले जग्गा खरिद गरी उल्टै घर टहरा हटाउनु भन्दै अदालतमा मुद्दा समेत दिएर थारुहरुको पहिचान नै नासिने गरी ग्रामथानमा आक्रमण गरेको स्थानीय पुजारी श्रवण चौधरीले गुनासो गरेका छन् ।

त्यसैगरी इटहरीको गोरखा डिपार्टमेन्ट अगाडी पूर्व पट्टी मुख्य सडक संग जोडिएको ग्रामथान, कचना माहादेव ग्रामथान, जब्दीग्राम थान जितनधामी लगायतका ग्रामथानहरु संकटमा परेको अवस्था छ ।

थारु समुदायले चैत्रमा बहरजत्रा शुभ साइत संसारी पुजा गरी नयाँ वर्ष बैशाख १ गते सिरुवा वर्ष गर्नका लागि पनि स्थानीय ग्रामथानमा गई पुजाआजा गरी आशिर्वाद लिने गर्छन भने ग्रामथानमा विशेष गरी अखाडी पुजा, नेमानी पुजा लगायत शुभ कार्य गर्दा समेत ग्रामथानमा गई पुजा अर्चाना गरी आसिस लिने परम्परा रहेको छ ।

सुनसरीको थारु बसोबास रहेको ठाउँमा करिब ३ सयको हराहारीमा रहेको ग्रामथान ५ सय भन्दा बढी रहेको पोखरी र कुपा, पानीघटाहरु संकटमा परेको थारु महिला सभाका केन्द्रिय सचिव सुशिला चौधरी तथा ग्रामथान संरक्षण समितिका सचिव सावित्रा चौधरी लगायतले ग्रामथान संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइ दिन आग्रह गरेको हो

Tags: अतिक्रमणग्रामथानको संरक्षण
Share17Tweet11SendScan
Previous Post

मधेशामा शिविर र रक्तदान

Next Post

इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने

इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In